गणतन्त्र दिवसको शुभकामना

0
2321

गणतन्त्र दिवस २०७४ को शुभअवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन बलिदान गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपालले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अवलम्बन गरेको आज दश औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी सबै नेपालीहरुको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र सम्बृद्धिका लागि मंगलमय कामना व्यक्त गर्दछ । साथै संघीय लोकतान्त्रिक व्यवस्थालाई यहाँसम्म ल्याईपु¥याउन सहयोग, शुभचिन्ता राख्नुहुने सबै देशी विदेशी मित्रहरुलाई आभार व्यक्त गर्दछौं ।
घोषित संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठोस रुपमा संस्थागत गर्दै अगाडि बढ्नु सम्पूर्ण नेपाली मात्रको गहन जिम्मेवारी भएकोले यस तर्फ सबैको ध्यान गईरहन आवश्यक छ भन्ने हाम्रो आव्हान छ । नेपालको विशिष्टतालाई नेपालीपनको फराकिलो दृष्टिकोण अनुसार नै व्यवस्थापन गर्दै जानु भविष्यका पुस्ताको लागि न्याय हुनेछ । यहाँ को कुन ठाउँमा रहने भन्दा पनि नेपाली भविष्यको सुन्दरता र सम्बृद्धता कसरी हासिल हुन सक्तछ ? विश्व मानचित्रमा नेपालको गौरवलाई शिखरमा कसरी पुरयाउन सम्भव छ भन्ने सन्दर्भ धेरै गहकिलो विषय हो । यसै मर्मलाई केन्द्रमा राखेर सबै नेपालीले नयाँ परिस्थितिमा नयाँ ढङ्गले विचार विमर्श गरी आफ्नो देशलाई सबैको न्याय र अधिकार सम्पन्न हुने, अवसरको सुनिश्चित्ता हुने र सबैलाई सम्मान रहने देशको रुपमा परिचित गराउने प्रणालीको विकास गर्न दत्तचित्त भईरहन सबैमा आव्हान पनि गर्दछौं । लोकतन्त्रमा विमति रहनु र हुनु अस्वाभाविक होईन तर विमतिलाई समाधान विहिन विद्वेषमा परिणत गर्ने धृष्टता कसैले नराखौं ।
वर्तमानमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनको पूर्ण सन्ध्यामा मूलुक अगाडि बढि रहेको छ तर सबै दल र सबै पक्ष निर्वाचनमा भाग लिने वातावरण नभई रहेको वास्तविकतालाई नजर अनदाज गर्न मिल्दैन सबै दललाई समेतदै सम्बोधन गर्दै भयरहित वातावरणमा आ–आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण सृजना गर्न सरकारको दायित्व बोध हुन जरुरी छ । त्यसैमा सबै नेपालीको सहज र उज्जवल भविष्य सुरक्षित छ । गणतन्त्र दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ।

…………………….
केपी पालुङ्वा
अध्यक्ष