डा. गोविन्द के.सी.को माग सम्बोधन गरियोस ।

डा. गोविन्द के.सी.को माग सम्बोधन गरियोस ।

8707
0
SHARE

देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधारका लागि, अभियन्ता डा. गोविन्द के.सी.ले पटक–पटक शान्तिपूर्ण/अनसनको विधिवाट राज्यपक्षको ध्यानाकर्षण गराउदैं आएकोमा आजको मिति सम्म पनि राज्यपक्ष/सरकारले कुनै गम्भीर पहल नगर्नु अत्यन्त गैर–जिम्मेवार र खेदजनक कुरा हो । खास गरी हाल संसदमा रहेको विवादास्पद चिकित्सा विधेयक फिर्ता गरि विगतमा डा. गोविन्द के.सी. सँग राज्यपक्षले गरेको सहमति/सम्झौता अनुसार जारी गरिएको चिकित्सा सम्बन्धी अध्यादेश अनुसारको विधेयक हुबहु ल्याउनु पर्ने उहाँको जायज माग तुरुन्त पुरा गरियोस भनि राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ । साथै, राज्यपक्ष÷सरकारले अविलम्ब यस तर्फ उचित पहल नगरेको खण्डमा राष्ट्रिय जनमुक्ति पार्टी आफ्ना सबै भातृसंगठनहरु सहित देशव्यापी रुपमा कडा आन्दोलनमा जाने समेत जानकारी गराउन चाहन्छ ।

मिति २०७५ साउन ७ गते

 

………………………….
केशव सूर्यवंशी
महासचिव