राष्ट्रिय जनमुक्ति पार्टी को पदाधिकारी बैठक नारायणगढ ,चितवन मा सम्पन्न भएको छ । असोज ९ र १० ग़ते सम्पन्न बैठक ले कार्तिक ९,१० र ११ गते मकवानपुरमा ज़िल्ला अध्यक्ष सहितको विस्तारीत भेला बोलाउने निर्णय गरेको छ । भेलाको व्यवस्थापनका लागी तामाङसालिङ राज्य परिषद र मकवानपुर ज़िल्ला कार्यसमितिलाई ज़िम्मा तोकिएको छ । भेलामा पेस गरिने प्रस्तावको टुंगो लगाई त्यसको अन्तिम रूप तयार ग़र्ने ज़िम्मेवारी पनि बैठक ले सचिवालयलाई दिएको छ । आगामी विस्तारीत भेला लगतै पार्टीलाई राजनीतिक र संगठनिक रुपमा सशक्त ढंगले पार्टीलाई आगाड़ी बढ़ाउने गरी कार्यादिशा तयार गर्न पनि बैठक ले पार्टी नेतृत्वलाई निर्देश गरेको छ । अध्यक्ष के.पी. पलुङवा को अध्यक्षतामा बसेको बैठक ले पार्टीको प्रवास संगठन (जनमुक्ति मञ्च) को परिचालन को लागी प्रवास विभाग गठन गरी उपाध्यक्ष तथा यू.के. र्इन्चार्ज कमला थापा लाई प्रमुख को ज़िम्मेवारी तोकेको छ । यसै गरी पार्टीका नीवर्तमान स्थायी समिति सदस्यहरू मोहन सिह सारू र मनिराम चौलागाई लाई क्रमशःखप्तड (थारुवान र खसान) कर्णली ब्यूरो संयोजक तोकेको छ भने संघीय परिषद सदस्य हरिकला चौलागाई लाई कैलाली, चेत बहादुर आले लाई काठमाण्डै र दिल बहादुर तमाङलाई भक्तपुर जिल्ला ईन्चार्ज र पूर्व के.स. खड्ग पुन (सल्यान) लाई मगरात सह ईन्चार्ज तोकेको छ । पार्टी निकट आदिवासी जनजाति संगठन को बिगत को ज़िम्मेवारि ख़ारेज गरी आगमी मंसिर भित्र राष्ट्रिय भेला आयोजनाका लागी पार्टी महासचिव केशब सूर्यवंशी लाई सम्पूर्ण ज़िम्मेवारी दिर्इएको छ । ज़िल्ला कार्यालय तथा केन्द्रीय सम्पर्क कार्यालय नारायाणगढ मा सम्पन्न बैठक को ब्याबस्थापन ज़िल्ला समिति चितवन ले गरेको थियो।