पार्टी अध्यक्ष के.पी. पालुङवा अमेरीका प्रस्थान ।

पार्टी अध्यक्ष के.पी. पालुङवा अमेरीका प्रस्थान ।

789
0
SHARE

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष श्री के.पी. पालुङवा ज्यू हिजो (असोज १३ गते शनिवार) साँझ अमेरीका प्रस्तान गर्नु भएकोछ । एक महिने भ्रमणका लागि अमेरीका प्रस्थान गर्नु भएका अध्यक्ष पालुङवा ज्यूले अमेरीका बसाईको क्रममा पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च न्यूयोर्कको भेला लगायतका कार्यक्रममा भाग लिनु हुनेछ । उहाँलाई पार्टी संघीय परिषदको कार्यालय धोविघाटले एक कार्यक्रम गरी विदाई गरिएकोछ । पार्टी अध्यक्ष द्धारा पार्टी सह–अध्यक्ष श्री मानध्वज ब्लोन (तामाङ) ज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि प्रदान गर्नुे भएकोछ ।