भ्रष्टाचार विरुद्ध जनमुक्तिको जागरण ।

0
1164
अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर) पाल्पाको तानसेनमा
अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर) पाल्पाको तानसेनमा

यस बर्षको “अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर)” को अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले पाल्पा जिल्लाको तानसेनमा बुद्धिजीवी, संचारकर्मी, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवाहरूसँग भ्रष्टाचारको समस्या र यसको निराकरणको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर) पाल्पाको तानसेनमा
अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर) पाल्पाको तानसेनमा

पार्टीद्धारा गत जेठ १५ गते देखि देश व्यापीरुपमा प्रारम्भ गरिएको “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” अन्तर्गत  सम्पन्न गरिएको आजको अन्तरक्रियामा पार्टी महासचिव एवम् अभियानका राष्ट्रिय संयोजक केशव सूर्यवंशीले भ्रष्टाचारको विश्वव्यापी अवस्था, संयुक्त राष्ट्रसंघको भ्रष्टाचार बिरुद्धको महासन्धी, त्यसको प्रभाव र पार्टीद्वारा संचालित भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान, त्यसको प्रभाव र भावी कार्ययोजना बारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध अभियान शुरू गरेकोमा खुसी ब्यक्त गर्दै, यो अभियानलाई अझ व्यापक र स्थानीय तह सम्म संचालन गर्न सुझाव दिदै आफ्नो समर्थन र ऐक्यबद्धता रहने पनि बताए । साथै, भ्रष्टाचार विरुद्धको जागरणका लागि बिद्यार्थी तथा कर्मचारीका परिवारहरूलाई पनि लक्षित गरी कार्यक्रमहरू संचालन गर्न पनि सुझाव दिएका छन । भ्रष्टाचार विरुद्धको महाअभियानलाई बीचैमा अलपत्र नछोड़न तथा सत्ता प्राप्तिको लागि मात्र भ¥याङ नबनाउन पनि कार्यक्रममा सहभागी बुद्धिजीवी तथा नागरिक एवं सामाजिक अभियन्ताहरूले आग्रह गरेका छन् । अभियानका संयोजक, पार्टी महासचिव सूर्यवंशीले, सुझाव र शूभेक्षाका लागि धन्यवाद व्यक्त गर्दै, भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियानलाई बहुआयमिक ढङ्गबाट अगाडि बढाउने र भ्रष्टाचारको केवल नियन्त्रण नभै उन्मूलनकै लागि प्रतिबद्ध र संकल्परत रहने घोषणा गर्नु भयो । उहाँले भन्नु भयो “आजको दिन (अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस) लाई साक्षी राखेर हामीले आफ्नो संकल्प र प्रतिबद्धताको घोषणा गरेका हौ ।”

 भ्रष्टाचार विरुद्ध जनमुक्तिको अभियान
भ्रष्टाचार विरुद्ध जनमुक्तिको अभियान

भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको आयोजना र जनमुक्ति एकेडेमीको ब्यवस्थापन तथा संयोजनमा सम्पन्न आजको कार्यक्रममा चर्चित लेखक तथा ईतिहासकार निर्मल श्रेष्ठ, राजनीतिकर्मी माधव नेपाल, पूर्व सांसद नारायणी शर्मा, संचारकर्मी भीमसेन कार्की, नागरिक अगुवा पुष्करराज रेग्मी, बुद्धिजीवी राजेस्वर उदय, राष्ट्रिय दलित मोर्चाका केन्द्रीय उप संयोजक हरिओम बि.क., युवा कृषि अभियन्ता देव धवल, उद्यमी तथा बुद्धिजीवी थानेश्वर बस्याल, चिरन्जीवी पोखरेल, सामाजिक अभियन्ता तेज घर्ती लगायतले आ—आफ्नो बिचार र सुझाव राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता तथा सहजीकरण पार्टी उप—महासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टोप अस्लामीले गर्नु भएको थियो । पार्टीको तर्फबाट उप—महासचिव तारा बलाल, उपाध्यक्ष तथा अभियानका प्रदेश नं. ५ का संयोजक होमाया गुरुङ्ग, कोषाध्यक्ष डब गर्वुजा, सचिव सूर्य कुमार सारू, अनुगमन तथा मूल्याङ्कन समितिका सचिव अशोक पुन सहितका नेताहरूको उपस्थिती रहेको थियो ।

 भ्रष्टाचार विरुद्ध जनमुक्तिको अभियान
भ्रष्टाचार विरुद्ध जनमुक्तिको अभियान

साथै, अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस (९ डिसेम्बर) को अवसरमा पार्टी जिल्ला समिति रूपन्देहीले देवदह नगरपालिकामा भ्रष्टाचार विरुद्ध नागरिक हस्ताक्षर तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सो सभालाई केन्द्रीय उपाध्यक्ष तथा जातिय समन्वय विभागका प्रमुख दल बहादुर बिरकट्टा, प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, युवा नेता रेखा प्रसाद चौधरी, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।