राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

0
2194

१७ बुँदे काठमाडौं घोषणापत्र जारी गरियो

215A1239

राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं (नेपाल) मा २०७३ फागुन २३ (६ मार्च २०१७) मा शुरु भई २५ फागुन (८ मार्च) मा सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २३ गते सम्मेलनको उद्घाटन काठमाडौं खुल्ला मञ्च (सहिद मञ्च) मा राखिएको थियो । सम्मेलन तयारी समितिका संयोजक यम बहादुर बुढाथोकी (पार्टी वरिष्ठ उपाध्यक्ष) को अध्यक्षतामा सम्पन्न उद्घाटन सभा पार्टी संरक्षक एम.एस. थापाले सम्मेलनको उद्घाटन तथा सम्बोधन गर्नु भएको थियो भने पार्टी महासचिव केशव सूर्यवंशीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको औचित्य र आवस्यकता वारे प्रष्ट्याउनु भएको थियो । पार्टी उपमहासचिव राम परियारको सञ्चालनमा र प्रवास विभाग प्रमुख कमला थापा (उपाध्यक्ष) ले स्वागत गर्नु भएको सम्मेलनको उद्घाटन सभामा पार्टी अध्यक्ष के.पी. पालुङवा, सहअध्यक्ष बुद्धश्री लामा, प्रवासका प्रतिनिधिहरु थर्क राना (यूरोप), हुम सुनारी (गल्फ), एम. वी. थापा (हङकङ–चिन), बसन्त राजकोटी (ईजरायल–मध्यपूर्व) र यूवा मोर्चाका कार्यवाहक अध्यक्ष ममता बुढाथोकीले (सवै जनसंगठनको तर्फवाट), आमन्त्रित दलहरुको तर्फवाट मूलवासी मुक्ति मोर्चा पार्टीका अध्यक्ष मोहमद ईस्लाम र बुद्धिजिवी शंकर लिम्बु, ले शुभकामना मन्तव्य राख्नु भएको थियो । उद्घाटन सभामा भाग लिनको लागि देशका विभिन्न जिल्लाहरुवाट कार्यकर्ताहरु राजधानी आएका थिए । उद्घाटन सभा शुरु हुन अगाडि खुल्लामञ्चवाट निस्किएको झाँकि सहितको ¥यालीले विभिन्न नारा सहित शहरको मुख्य क्षेत्र परिक्रमा गरेको थियो ???????????????????????????????

सम्मेलनको बन्दसत्र तथा समापन फागुन २४ र २५ गते (मार्च ७ र ८ मा) सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा सम्पन्न भयो । बन्दसत्रमा पार्टी महासचिव केशव सूर्यवंशी द्धारा प्रस्तुत “जनमुक्ति मञ्च सम्बन्धि कार्यपत्र” छलफल पश्चात पारित गरिएको छ । जस अनुसार राष्ट्रिय जनमुक्ति पार्टीले विश्वभर फैलिएका नेपालीहरुलाई “जनमुक्ति विचारधारा” मार्फत नेपाल सँग जोड्ने लक्ष्य पारित गरेको छ । प्रवासी नेपालीहरुका लागि पार्टीका संरक्षकत्वमा विश्वभर “जनमुक्ति मञ्च” (Janamukti Muncha) को गठन र परिचालन गर्ने नीति सम्मेलनले पारित गरेको छ । साथै, मञ्चलाई सम्पर्क र समन्वयका लागि पार्टीको संघीय परिषदको तर्फवाट संयोजक रहने गरि अन्तर्राष्ट्रिय समन्वय समिति बनाउने र त्यसको उपसंयोजक, सचिव, कोषाध्यक्ष र सदस्यहरु प्रवासी शाखाहरुले तोकेबमोजिम रहने कार्यविधि समेत पारित गरिएको छ ।

???????????????????????????????
“जनमुक्ति मञ्च” सम्बन्धि पारित ११ बुँदे प्रस्तावमा प्रवासमा रहेका नेपालीहरुलाई सम्बन्धित देशमा नेपाल र नेपालीको छवि उज्यालो बनाउने गरि अघि बढ्ने “स्वयमसेवी राष्ट्रिय दूत” को रुपमा परिचालन गर्नेे नीति समेत पारित गरिएको छ । बन्दसत्रको अध्यक्षता मूल तयारी समितिका सह–संयोजक चन्द्र खापुङहाङ (उपाध्यक्ष) ले र सञ्चालन पदम जवेगु (सचिव)ले तथा सहजीकरण टोप अस्लामी (उपमहासचिव) ले गर्नु भएको थियो । सामान्यतः हरेक तिन वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय सहित १७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै फागुन २५ गते (मार्च ८) साँझ सम्मेलनको समापन गरियो । ???????????????????????????????सम्मेलनका संयोज कयम बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पार्टी संस्थापक सदस्य राम बहादुर तुम्बाहाम्फे, पार्टी अध्यक्ष के.पी. पालुङवा, वरिष्ठ नेता डि.के. बुद्धिष्ट तामाङ, सहअध्यक्ष मानध्वोज ब्लोन, उपाध्यक्षहरु मिना पन्धाक, रविन्द्र उच्च नेपाली, हाजि डा. मोहमद हसन, टीकाराम शर्मा, खसान–कर्णाली संयोजक मनीराम चौलागाई र प्रवासी संगठनको तर्फवाट मलेसियाका पदम राना र साईप्रसका तारा राई ले मन्तव्य राख्नु भएको थियो ।

???????????????????????????????

काठमाडौं घोषणापत्रको पूर्ण विवरण

ktm