संघीय परिषदको दोस्रो बैठक सम्पन्न

0
1636

राष्ट्रिय जनमुक्ति पाटी, संघीय परिषदको दोस्रो बैठक माघ १० र ११ गतेका दिन सम्पन्न भयो । पार्टी अध्यक्ष के.पी. पालुङवा को अध्यक्षतामा ललितपुर घोविघाट स्थित सिद्धार्थ कटेजमा सम्पन्न बैठकले गरेका महत्वपूर्ण राजनीतिक तथा साँगठनिक निर्णयहरु यस प्रकार रहेका छन् ।

१. राष्ट्रिय राजनीतिक सम्बन्धमा :
क)   संविधान–२०७२ मा पुनर्लेखन वा आधारभूत संशोधनका लागि संसदमा प्रमुख हैसियतमा रहेका दलहरुले यथासिघ्र        सहमतिको प्रयत्न गरोस भन्ने माग गर्दछ । स्थानीय तहको निर्वाचन राष्ट्रिय समस्याको निकास हुन सक्दैन ।                निर्वाचनलाई यदि वाध्यात्मक निकास मानिएको हो भने स्थानीय होईन राष्ट्रिय निर्वाचनका लागि पहल होस भन्ने          पार्टी माग गर्दछ ।
ख)  संविधानको पुनर्लेखन वा आधारभूत संशोधनका साथै समसामयीक राष्ट्रिय समस्याको निकासका लागि पार्टी द्धारा         मंसिर १ गते देखि सञ्चालित आन्दोलनका कार्यक्रमलाई थप सशक्त र निरन्तरताका लागि थप कार्यक्रमहरु तय           गरिएका छन्
२. संगठन सम्बन्धमा :
क)   २०७३ चैत्र मसान्त भित्र पार्टी संगठनलाई तिव्र रुपमा अगाडी बढाउनका लागि भेला, अधिवेशन, राजनीतिक              शिविर      र जिम्मेवारी तोकिएको छ ।
ख)   पार्टीको सांगठनिक विस्तार, विकास र सुदृद्धिकरणका लागि विशेष भूमिका रहने गरी :– किरांत/खम्बुवानका           लागि अध्यक्ष के.पी. पालुङवा, तामाङसालिङका लागि सहअध्यक्ष मानध्वज ब्लोन, खसान/कर्णाली–थरुहट/            थारुवान–खप्तडका लागि महासचिव केशव सूर्यवंशी, मधेसका लागि उपमहासचिव एवं संगठन विभाग प्रमुख राम        परियार, धौलागिरीका लागि संघीय परिषद सदस्य एवं संगठन विभाग उप प्रमुख के.वी. पुन लाई जिम्मेवारी              तोकिएको छ ।
३. विश्व जनमुक्ति सम्मेलन वारे :
पार्टीको प्रवासि संगठन “जनमुक्ति मञ्च” का प्रतिनिधिहरुको सहभागितामा विश्व जनमुक्ति सम्मेलन ०७३ फागुन २३–२५ गते काठमाडौं, नेपालमा सम्पन्न गर्ने निर्णय गरिएको छ । यसका लागि मूल तयारी समिति गठन गरी संयोजकमा वरिष्ठ उपाध्यक्ष क्या. यम बहादुर बुढाथोकि र सहसंयोजकमा पार्टी उपाध्यक्ष तथा प्रवास विभाग उपप्रमुख चन्द्र बहादुर खापुङहाङ्गलाई जिम्मेवारी तोकिएको छ ।
४. अर्थ सम्बन्धमा :
क)  पार्टीको संघीय परिषद तहमा भई परी आउने खर्च व्यवस्थापनका लागि तत्काल संघीय परिषदका पदाधिकारी तथा      सदस्यहरुवाट स्वच्छिक रुपमा पार्टी संघीय परिषदको कोषका लागि आर्थिक सहयोग माग गर्ने निर्णय गरियो ।
ख)  पार्टी द्धारा संचालन गरिने बहुउद्देश्य आय–आर्जन परियोजनाका लागि पार्टी नेता, कार्यकर्ता शुभचिन्तकहरुवाट           निश्चित अवधि पछि मूलधन फिर्ता हुने गरी विउ रकम (क्भभम ःयलभथ) को रुपमा संकलन गरिनेछ ।
५. मनोनयन :
क) श्री केहर सिंह राना (पाल्पा) र दिपेन्द्र राई (झापा) ज्यूलाई संघीय परिषद सदस्यमा मनोनित गरिएकोछ ।
ख) संघीय महासभा सदस्यमा पूर्ण बहादुर गुरुङ्ग (रुपन्देही), भरत लक्छवा राई (संखुवासभा), लाखमान राई (सुनसरी),      डोल बहादुर राना मगर (तँनहु), सभान सिं गुरुङ्ग (तँनहु), कृष्ण बहादुर आले (तँनहु), काजिमान तामाङ (तँनहु),      रत्नकुमारी लुङगेली (तँनहु), लक्ष्मण आले (तँनहु), तुल बहादुर थापा(तँनहु) रतेज बहादुर थापा (तँनहु), लाई            मानोनित गरिएको छ ।

६. ११औं राष्ट्रिय भेला वारे :
पार्टीको ११औं राष्ट्रिय भेला २०७४ बैशाखको पहिलो साता चितवनमा सम्पन्न गरिनेछ । यस सम्बन्धि थप निर्णयहरु पदाधिकारी वैठकले गर्नेछ ।
७. वार्ता समिति वारे :
पार्टीको निति, सिद्धान्त, मुद्दामा सहमत भई एकता वा समायोजन हुन चाहने राजनीतिक दल वा समुह/घटकसँग औपचारिक रुपमा वार्ता गरी पार्टी एकता प्रकृया आगाडी बढाउने र एकता सम्भव नहुने अवस्थामा पार्टीको २६ बुँदे विचार कार्यक्रमको सेरोफेरो रही वृहत राष्ट्रिय मोर्चा निर्माणको लागि पार्टी अध्यक्ष के.पी. पालुङवाको संयोजकत्वमा सहअध्यक्ष द्धय मानध्वज ब्लोन, बुद्धश्री लामा, उपमहासचिव एवंम संगठन विभाग प्रमुख राम परियार र संघीय परिषद सदस्य हुम बहादुर थापा सम्मिलित ५ सदस्यीय वार्ता समिति गठन गरी ढिलोमा ११औं राष्ट्रिय भेला अगावैं कार्यसम्पादन गरी सक्नु पर्ने निर्णय समेत गरियो ।
८. विविध :
क) सहअध्यक्ष बुद्धश्रीलामा, संघीय परिषद सदस्यहरु सिद्धि तुम्वाहाम्फे, हनुमान अग्रवाल, लोक आङला, संघीय             महासभा सदस्य बल बहादुर ठप्लङ, अाँवु खैरेनी न.पा. उपाध्यक्ष तँनहुका राजिव थापाको शिघ्र एवंम पूर्ण स्वास्थ         लाभको कामना गरियो ।
ख) संघीय परिषद उपाध्यक्ष तथा लुम्बिनी राज्य परिषद ईन्चार्ज होमाय गुरुङ्गको आमा प्रेममति गुरुङ्ग (वर्ष ८१) को मिति      २०७३ माघ ५ गते, संघीय परिषद सदस्य हरीओम वि.क.का बुवा (वर्ष ८१) भिम बहादुर वि.क. पौष २५ गते, तनँहु      जिल्लाका पूर्व कोषाध्यक्ष छविलाल थापाको असमायीक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित      
     गरियो ।