सिद्धार्थ नगर समिति, भैरहवाको तेश्रो नगर अधिबेशन सम्पन्न भएको छ ।

0
1669

सिद्धार्थ नगर समिति, भैरहवाको तेश्रो नगर अधिबेशन सम्पन्न भएको छ ।
अधक्ष्यमा राम अस्लामी निर्वाचित ।
केन्द्रको तर्फबाट हार्दिक बधाई एवं शुभकामना ।
अन्य पार्टी परित्याग गरी जनमुक्ति प्रवेश गर्नुहुने सबैलाई भव्य स्वागत गरियो ।
**************************************************************************
राष्ट्रिय जनमुक्ति पार्टी, सिद्धार्थ नगर समिति, भैरहवाको तेश्रो नगर अधिबेशन असार २५ गते –९ जुलाई, २०१६) मा समपन्न भएको छ । कार्यक्रमका मुख्य अतिथि संघीय परिषद सदस्य तथा यातायात ईन्चार्ज सूर्य कुमार सारुले सो अधिवेशनको उद्घाटन गर्नु भयो । मुख्य अतिथि सारुले कार्यक्रमको पूर्ण सफलताको शभकामना व्यक्त गर्दै मूलुकको राजनीतिमा जनमुक्ति सबै न्यायप्रेमी नेपालीहरुको लागि र देशकै लागि विकल्प भएको बताउनु भयो । कार्यक्रममा अन्य अतिथिहरु संघीय परिषद सदस्य हरि ओम बि क, जिल्ला अधक्ष्य झम बहादुर गुरुङ, तमु हयुला छोंजधि नगर समितीको तर्फ बाट ईन्द्र बहादुर गुरुङ, राष्ट्रिय यातायात व्यवसायी परिषदका जिल्ला अधक्ष्य रन बहादुर बुढाथोकी, नेपाल मगर बौद्ध सेवा समाज नगर समितीका टेक बहादुर राना, नेपाल मगर युबा संघ नगर समितीका ईशा आले, शान्ती बुद्ध गुम्बा नगर समितिका आश बहादुर गुरुङ, क्षेत्रीय अधक्ष्य प्रेम थापा, जिल्ला स(सचिब आशा गुरुङले शुभकामना दिनु भएको थियो । मोहन लामिछानेको स्वागत मन्तव्य रहेको सो कार्यक्रम संचालन राम अस्लामीले गर्नु भएको थियो । नगर अधिबेशन नगर समितीका अधक्ष्य के बि गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।
तेश्रो अधिवेशनले सिद्धार्थ नगर समिती भैरहवाका लागि पदाधिकारी एवं सदस्यहरुको नामावली देहाय अनुसार निर्वाचित गरेको छ । जस्मा अध्यक्ष राम अस्लामी, उपाध्यक्ष धिरज अग्रहरी, महिला उपाध्यक्ष दिल कुमारी गुरुङ, सचिब मोहन लामिछाने, स(सचिब गोपाल बर्मा (सुनार), कोषाध्यक्ष जगन्नाथ राना, स(कोषाध्यक्ष बिश्णु गुरुङ नगर सदस्यहरु शंकर फाल, शैलेन्द्र गुप्ता, ईजहार अहमद, बल बहादुर थापा, ढक बहादुर सारु, क्यान बहादुर थापा, सैराज अहम्द, जलेश्वर सुनार, सीता थापा, मनोज पुन, कृष्ण पोख्रेल, अनुसा राना, दिना पुन, कृष्ण बहादुर नाम्जाली, दीपक थापा, बिमला गुरुङ, चिजकाजी गुरुङ, राम बहादुर थापा रहनु भएको छ ।
नवनिर्वाचित नगर पदाधिकारी तथा सदस्य सबै महानुभावहरुलाई केन्द्रको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।