एघारौं राष्ट्रिय भेला सम्पन्न

0
1663

राष्ट्रिय जनमुक्ति पार्टीको एघारौं राष्ट्रिय भेला २०७४ चैत्र १७–१९ गते, रुपन्देही जिल्लाको सिद्धार्थ नगर, भैरहवामा सम्पन्न भएको छ । चैत्र १७ गते सम्पन्न उद्घाटन सभामा प्रमुख अतिथी पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री श्री एम. एस. थापा, विशेष अतिथिमा मित्रराष्ट्र चीन हङकङका डेमोक्रयाटिक अलायन्स फर द बेटरमेन्ट एण्ड प्रोग्रेसका संस्थापक चेयरमेन एवं हङकङका पूर्व सभामुख महामहिम जास्पर चाङ्ग योक सिंग, पार्टीका बरिष्ठ नेता डि.के. बुद्धिष्ठ तामाङ, बरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, उपाध्यक्ष तथा महिला मोर्चा इन्चार्ज कमला थापा र जनमुक्ति मञ्च हङकङका इन्चार्ज एम.वि. थापाले सम्बोधन गर्नु भएको थियो । पार्टी अध्यक्ष के.पि. पलुङ्वा को अध्यक्षता मा सम्पन्न कार्यक्रमको सञ्चालन उपमहासचिव एवं परराष्ट्र विभाग उपप्रमुख टोप अस्लामीले गर्नु भएको थियो भने एघारौं राष्ट्रिय भेलाका संयोजक सुर्य कुमार सारुले भेलालाई स्वागत गर्नु भएको थियो ।

भेलाको उद्घाटन सभा सुरु हुनु भन्दा अगाडी सिद्र्धाथ नगर भैरहवामा अवस्थित बुद्धचोकमा पार्टी नेता तथा कार्यकर्ता विभिन्न जिल्ला, महानगर पालिका, उपमहानगर पालिका, गाँउ पालिका, वडा समितिवाट विभिन्न झाँकी सहित पाल्नु भएका सवै उक्त स्थानमा भेला भई बृहत जनप्रदर्शन सहित सिद्र्धाथ नगर परिक्रमा गरिएको थियो ।

उद्घाटन सभा भैरहवा स्थित गणतान्त्रिक सभा गृह मा सम्पन्न भएको थियो भने बन्द सत्र होटेल पौवा मा भएको थियो । पार्टी अध्यक्ष के.पि. पलुङ्वाको अध्यक्षता र संस्थापक अध्यक्ष एम. एस. थापा र बरिष्ठ नेता डि.के. बुद्धिष्ट तामाङको बिशेष उपस्थितीमा सम्पन्न बन्द सत्रमा संघीय परिषद को तर्फ बाट पार्टी अध्यक्ष के.पी. पलुङ्वा द्वारा प्रस्तुत राजनीतिक प्रतिबेदन र महासचिव केशव सुर्यवंशी द्वारा प्रस्तुत बिधानको छैठौं संशोधन सम्बन्धी प्रस्ताव समुहगत रुपमा छलफल पश्चात् पारित गरिएको छ ।

भेलाले प्रबास समितिको नाम जनमुक्ति मन्च रहने, प्रदेश स्तरमा प्रदेश परिचालन समिति रहने, पार्टी को सांगठनिक संरचना टोल इकाई तह सम्म बनाउने, संघीय परिषद ले नियमावलि बनाई आबश्यकता अनुसार मातहत एवम जनसंगठन लाई थप अधिकार प्रत्यायोजन गर्न सकिने, सम्भव भए पार्टी एकता नभए बृहत् मोर्चा बनाउने, केन्द्र देखि स्थानिय तहसम्म नै छाँया सरकार को मर्म अनुसार संरचना तयार गरि अगाडि बढ्ने निर्णय समेत लिएको छ ।

 

 

बुद्धचोकमा पार्टी नेता तथा कार्यकर्ता भेला

बृहत जनप्रदर्शन

गणतान्त्रिक सभा गृह गणतान्त्रिक सभा गृहगणतान्त्रिक सभा गृह