चिनीयाँ कम्यूनिष्ट पार्टी र चिनियाँ जनतामा शुभकामना व्यक्त

0
1217

राष्ट्रिय जनमुक्ति पार्टीले चिनियाँ कम्यूनिष्ट पार्टी (Communist Party of China) ले एक शतकको समय पार गरेको शुभ अवसरमा चिनियाँ कम्यूनिष्ट पार्टी र समस्त चिनियाँ जनता प्रति हार्दिक शुभकामना व्यक्त गरेको छ । संघीय परिषदका अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवाले यही असार १६ गते (३० जुन २०२१) मा पार्टीको तर्फबाट चिनियाँ कम्यूनिष्ट पार्टीका महासचिव एवं उत्तरी छिमेकी देशका महामहिम राष्ट्रपति सि जिङ्ग पिङ्गलाई एक शुभकामना सन्देश पठाउनु भएको हो ।

शुभकामना सन्देशमा भनिएको छ – ‘जुलाई १, १९२१ को मितिमा चाईनिज कम्यूनिष्ट पार्टी स्थापना भई विशाल देश चीनमा संघर्षरत रही चाईनिज कम्यूनिष्ट पार्टीको नेतृत्व स्थापित गर्नुका साथै हाम्रो छिमेकी देश चीनले चाईनिज कम्यूनिष्ट पार्टीको नेतृत्वमा विशाल देश चीनको आजको गौरवमय परिस्थिति निर्माण गर्दै एक शतक मनाउन गईरहेको शुभ अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली जनताको तर्फबाट चाईनिज कम्यूनिष्ट पार्टी र समस्ता चिनियाँ जनताप्रति हार्दिक बधाई ज्ञापन गर्दै चाईनिज कम्यूनिष्ट पार्टी र समस्त चिनियाँ जनताको निरन्तर उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
यस महान अवसरमा दुई छिमेकी देश र यहाँका जनताहरुबीच रही आएको सौहाद्र्ध सम्बन्धको स्मरण समेत गरिएको छ । आगामी दिनहरुमा पनि चीन र नेपालबीचका आपसी हितका सम्बन्धहरु अझ प्रगाढ र बलियो हुँदै जानेमा राष्ट्रिय जनमुक्ति पार्टीले आशा एवं विश्वास व्यक्त गरेको छ ।