पार्टी सम्बन्धमा आएका भ्रामक समाचारहरुप्रति सजग रहन आव्हान ।

(पार्टी अविचलित, अडिग र दृढ संकल्पित छ – महासचिव सूर्यवंशी)

0
2729

मिति २०७५ फागुन २४ गते, काठमाडौंमा राष्ट्रिय जनता पार्टी नेपालको झण्डा र चिन्ह अंकित ब्यानरमा “राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी बीच एकता घोषणा कार्यक्रम” शिर्षकमा भएको कार्यक्रम र त्यहाँ वितरित मानध्वज ब्लोन र महेन्द्र राय यादव हस्ताक्षरित विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ । यही फागुन २५ गते पार्टी महासचिव केशव सूर्यवंशीले एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिनु भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीकाे पछिल्लाे विज्ञप्ति ।
पार्टी अध्यक्ष ज्यूले मानध्जव ब्लाेन तामाङ, टीकाराम शर्मा लगायतलाइ कारवाही गरेकाे पत्र ।

मानध्वज ब्लोन तामाड्ड (सहअध्यक्ष), टीकाराम शर्मा (खस आर्य उपाध्यक्ष) र सोम बहादुर थिड्ड (प्रादेशिक उपाध्यक्ष) ले पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनको अभिमत, मर्म साथै पार्टी विधान विपरीत कार्य गर्दै आएकोमा पार्टी नेतृत्वबाट पटक पटक मौखिक रुपमा “सचेत” गराईएको थियो । जे “एजेण्डा” छ पार्टी बैठकमा ल्याउनुस् छलफल गर्न पार्टी तयार छ भनी नेतृत्वले सम्झाईरहदा समेत वेवास्ता गर्दै राजपा, नेपालकै श्रोत साधन प्रयोग गर्दै निजहरु कृयाशिल रही रहेपछि पार्टी नेतृत्वको तर्फबाट फागुन १५ गते लिखित रुपमा पार्टीको तर्फबाट “सचेत पत्र” दिईएको थियो । तर पनि पार्टीलाई “घात” गर्ने निजहरुको मनसाय अझ तीव्र हुँदै गई यही फागुन २४ गते पार्टीको नाम र झण्डा दुरुपयोग गरी राजपा नेपालसंग राष्ट्रिय जनमुक्ति पार्टी एकीकरण भएको भ्रम फैलाईयो । पार्टीका एकाध व्यक्ति कुनै पार्टी प्रवेशलाई सिड्डो पार्टी एकीकरण भनी दुस्प्रचार गरिनु नियोजित र दुराशयपूर्ण कार्य हो । किनभने पार्टी एकता जस्तो कुरा संघीय परिषद (केन्द्रीय समिति) को निर्णय वेगर सम्भव हुँदैन ।

यसकारण जारी विज्ञप्तिमा भनिएको छ “राष्ट्रिय जनमुक्ति पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनको अभिमत र विधान विपरीत आचरण गर्दै आएकोले पार्टी नेतृत्वले पटक पटक मौखिक र लिखित रुपमा समेत सचेत गराईएका मानध्वज ब्लोन तामाड्ड (सहअध्यक्ष), टीकाराम शर्मा (खस आर्य उपाध्यक्ष) र सोम बहादुर थिड्ड (प्रादेशिक उपाध्यक्ष) सहितको केही व्यक्तिको समूह राजपा, नेपाल प्रवेश प्रकरणलाई नियोजित रुपले “दुई पार्टी बीचको एकता घोषणा कार्यक्रम” को रुपमा आयोजना गरिनु तथा विज्ञप्ति मार्फत राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय तहको ४६ जना, २९ जिल्ला समिति र आठ ओटा भातृसंगठनहरु राजपा, नेपालमा समाहित भएको भन्ने अत्यन्त कपोलकल्पित, झुठो विवरण समेत उल्लेख गरी प्रचार गरिनु भ्रामक, निन्दनीय र खेदजनक छ ।”

केही दलाल मनोवृत्तिका व्यक्तिहरुको समूहले पार्टीमा “घात” गरेता पनि “जनमुक्ति विचारधारा” लाई आफ्नो मार्ग निर्देशक सिद्धान्तको रुपमा लिंदै “बहुजातीय लोकतान्त्रिक समाजवाद” को मूल्य, मान्यता र लक्ष्य प्रति अडिग, अविचलित र दृढसंकल्पित रहेको र रहने भनी पार्टीले प्रष्ट पारेको छ । यही मिति २०७५ फागुन २४ गतेकै मिति देखि लागु हुने गरी सहअध्यक्ष मानध्वज ब्लोन तामाड्ड, टीकाराम शर्मा (खस आर्य उपाध्यक्ष) र प्रादेशिक उपाध्यक्ष सोम बहादुर थिड्ड (सोविन थिड्ड) लाई साधारण सदस्य समेत नरहने गरी पार्टीद्वारा निष्कासन गरी सकिएको छ । मानध्वज ब्लोन समूहले दावी गरेका कुनै पनि नेता कार्यकर्ता राजपा नेपाल प्रवेश गरेका छैनन् बरु यदि कसैको नाम निजहरुले राजपा नेपालमा दलालीका लागि दर्ता गरेका छन् भने त्यस सम्बन्धमा पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताहरुले पार्टीमा सम्पर्क गरी “सफाई” दिईसक्नु भएको छ ।

यसैबीच मिति २०७५ फागुन २२ गते जिल्ला अदालत (कैलाली) ले “टीकापुर घट्ना प्रकरण” बारे आफ्नो फैसला सुनाएपछि पक्ष, विपक्षमा भईरहेको तीव्र ध्र्रुवीकरणले मूलुकमा पुनः द्वन्दको सम्भावना र आशंका बढाएको पार्टीले बताएको छ । प्रेस विज्ञप्ति मार्फत सबै न्यायप्रेमी जनतामा अपील गरिएको छ कि “टीकापुर घट्ना प्रकरण” को वस्तुगत र वैज्ञानिक अवतरणका लागि अदालती बाटो नभई राजनीतिक विधि र प्रकृयालाई प्राथमिकता दिनु उपयुक्त हुन्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर र आग्रह छ ।