प्रेस विज्ञप्ति ।

0
2765
http://janamukti.org/wp-content/uploads/2018/05/press-1.jpg
http://janamukti.org/wp-content/uploads/2018/05/press-1.jpg

देशमा बढ्दै गईरहेको भ्रष्टाचार, तस्करी, कालोबजारी, महंगी र विदेशी हस्तक्षेपको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टी ५ नं. प्रदेश परिचालन समितिद्धारा आज मिति २०७५ वैशाख २८ गते बुटवलमा आयोजित विरोध प्रदर्शनको क्रममा प्रहरीद्धारा प्रदेश परिचालन समितिका प्रमुख तथा केन्द्रीय उपाध्यक्ष हाजी डा. मोहमद हसन र रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङलाई गिरफ्तार गरिएको घटना प्रति पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक एवं शान्तिपूर्ण ढंगले गरिएको कार्यक्रम असफल पार्न प्रहरी प्रशासन गिरफ्तारीको हद सम्म उत्रनु भनेको हदै सम्मको अप्रजातान्त्रिक र निन्दनिय कार्य भएकोले त्यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । साथै, गिरफ्तार पार्टी नेताहरुलाई तत्काल विना सर्त रिहाई गर्न समेत माग गर्दछौं । यदि प्रहरी प्रशासनको यस ज्यादतीको कारणले कुनै अप्रिय घटना भएको खण्डमा त्यसको सम्पूर्ण जवाफदेही स्थानीय प्रहरी प्रशासन र नेपाल सरकार हुनेछ भन्ने तर्फ पनि खवरदारी गर्न चाहन्छौं ।

केशव सूर्यबंशी
महासचिव