बुद्धिजीबीहरू सँग अन्तरसम्वाद

0
2018

देशको समसामयिक परिस्थिति बारे बुद्धिजीबीहरू संग रास्ट्रिय जनमुक्ति पार्टी ले आज एक अन्तरसम्वाद कार्यक्रमसम्पन्न गरेको छ। ललितपुरको धोविघाट स्थित रहेको सिद्धार्थ कटेजमा सम्पन्न उक्त अन्तरसम्वादमा बुद्धिजीवीहरू, वरिष्ठ राजनीतिक बिश्लेषक नन्द कन्दवा,डा.ओम गुरुङ्ग, प्रा.बालकृष्ण माबोहांग, प्रा.अर्जुन लिम्बू नूगु, अधिवक्ता शंकर लिम्बू , वरिष्ठ पत्रकार भवानी बराल र ईन्जिनीयर रोशन महर्जन ले आ–आफ्नो बिचार राख्नु भएको थियो । सो अवसर मा बोल्ने क्रम मा बुद्धिजीबीहरू ले राष्ट्रि जनमुक्ति पार्टीको भूमिका बारे समिक्षा तथा सुझाव समेत राख्नु भएको थियो। संघीय महासभा ईन्चार्ज एवं पार्टी उपाध्यक्ष यम बहादुर बुढाथोकी, प्रवास बिभाग प्रमुख एवं उपाध्यक्ष कमला थापा र सचिव एवं केन्द्रीय कार्यालय ईन्चार्ज पदम जबेगुको समयोजनमा सम्पन्न भएको थियो

उक्त अन्तरसम्वाद कार्यक्रमको सहजीकरण पार्टी महासचिव केशव सूर्यवंशी ले र पार्टी को धारणा प्रस्तुत पार्टी अध्यक्ष के.पी. पालुङवा लिम्बू ले गर्नु भएको थियो। कार्यक्रममा पहिचान पक्षधर संस्कृतिकर्मी संजोग लाफ़ा, यलंबर टाइम्स का सम्पादक दिपेन्द्र कुमार चाम्लिङ राई, अधिवक्त चेत आले समेत को सहभागिता रहेको थियो भने पार्टी को तर्फ बाट सह–अध्यक्षहरू मानधोज ब्लोन र बुद्धश्री लामा, उपाध्यक्ष एवं नेवाः ईन्चार्ज बाबुक़ाज़ी महर्जन, सचिव एवं संचार बिभाग प्रमुख बलदीप राई, संगठन बिभाग उप प्रमुख के. वी. पुन, संघीय परिषद सदस्य लोक आंग्ला र संघीय परिषद वैकल्पिक सदस्य एवं केन्द्रीय कार्यलय सचिव रवि बुढा समेतको उपस्थिति रहेको थियो।