भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिको मार्चपास ।

0
1278
भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिको मार्चपास ।
भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिको मार्चपास ।

भारतले हाल नेपालको भूमी समेत समाबेश गरेर जारी गरेको नयाँ राजनीतिक नक्साको बिरोधमा पार्टीले मंसिर ११ गते गण्डकी (मगरात—तमुवान) प्रदेशको राजधानी पोखरामा सीमा अतिक्रमण र भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्पन्न गरेकोछ । गण्डकी (मगरात—तमुवान) प्रदेश परिचालन समितिको आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा सम्पन्न भण्डाफोर तथा खÞबरदारीसभा प्रदेश परिचालन समितिका अध्यक्ष मन्धरी आलेको अध्यक्षता, पार्टीका महासचिव केशव सूर्यवंशीको प्रमुख अतिथी र प्रदेश सचिवालय सदस्य तिल बहादुर झेंडि मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिको मार्चपास ।
भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिको मार्चपास ।

खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा महासचिव सूर्यवंशीले, भारतीय पक्षद्वारा आफ्नो भनि नक्सामा पारिएको ३७२ बर्ग कि.मी. भन्दा बढ़ी क्षेत्रफल भएको भूमि २०३ बर्ष (सुगौली सन्धिको समय) देखी नै नेपालको रहि आएको हुँदा भारतको दाबी र मिचाहा कदम तुरन्त सच्याउनु पर्ने माग सहित खबरदारी गर्नु भएको थियो । नेपाली भूमि कालापानीमा बिगत ५७ बर्ष (सन १९६२) देखी भारतीय सेना बसी आएको तथ्य उल्लेख गर्दै भन्नुभयो “यस अवधिमा सरकार र सत्तामा बसेकाहरू सबै लाचार, आत्मसमर्पणवादी र राष्ट्रघाती हुन भन्ने पुष्टि भएको छ ।” नेपाल तर्फको भूमि अतिक्रमण मात्र नभै सीमा अतिक्रमण, सीमा विवादको साथै भारतद्वारा दक्षिण तर्फको सीमा क्षेत्रमा अनाधिकृत एवं एकपक्षिय ढंङ्गले १५ भन्दा बढी स्थानमा बाध लगायतका संरचना बनाएकोले नेपाल तर्फको भूमि वर्षामा हुने डुबानको समस्याको पनि समाधानको लागी तत्काल नेपाल सरकारले पहल गर्न नसकेको कारणले तराईका नेपाली जनताहरू बेरोजगार अनि बेघरबारको तत्काल समाधानको पहल गरियोस ।
सभालाई सम्बोधन गर्ने क्रममा महासचिव सूर्यवंशीले नेपाली सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान कायम गर्न, भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्दै देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाउन अब स्वाभिमानी र स्वाधीन राजनीतिक नेतृत्व र दलको आवश्यकता रहेकोछ त्यसको लागी जनमुक्ति पार्टी तयार रहेको उद्घोष पनि गर्नु भयो ।भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्ति

भूमि अतिक्रमण र भ्रष्टाचार विरुद्ध पोखरामा जनमुक्तिउक्त सभालाई पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग, केन्द्रीय सचिव बलदीप राई, केन्द्रीय (संघीय परिषद) सदस्य गीता सारू, नेपाल बिद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष तथा कास्की जिल्ला प्रतिनिधिसभा क्षेत्र न.२ को उपनिर्वाचनका उमेदवार पूर्ण बहादुर राना, जनमुक्ति युवा महासंघका महासचिव लाल बहादुर गोतामे र बिद्यार्थी नेता प्रबेगÞ हाङसोङले सम्बोधन गर्नु भएको थियो ।