भ्रष्टाचार विरुद्ध बुटवलमा नागरिक हस्ताक्षर अभियान ।

0
1419

पार्टीले जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको दिन देखि “भ्रष्टाचार बिरोधी राष्ट्रिय अभियान” सञ्चालन गर्दै आएकोछ । सो अभियान अन्तरगत आज रुपन्देही जिल्ला समितिको आयोजनामा भ्रटाचार विरुद्ध एक हुन आह्वान गर्दै नागरिक हस्ताक्षर अभियान कार्यक्रम गरेकोछ ।

कार्यक्रममा उपमहासचिव एवं विदेश विभाग उपप्रमुख टोप अस्लामी
कार्यक्रममा उपमहासचिव एवं विदेश विभाग उपप्रमुख टोप अस्लामी

हस्ताक्षर अभियान सुरु गर्नु अघि बुटवलको लखनचोक चौराहबाट ¥याली सुरु भई मिलनचोक, बसपार्क, अस्पताललाईन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । हस्ताक्षर संकलन कार्यक्रममा उपमहासचिव एवं विदेश विभाग उपप्रमुख टोप अस्लामीले अभियान औपचारिकताका लागि मात्र नभई भ्रष्टाचारीलाई देशद्रोही घोषणा गरी सो सरह सजाँय हुनुपर्छ । जब सम्म भ्रष्टाचार अन्त्य हुँदैन तब सम्म कुनैपनि समृद्धिको कल्पना गर्न नसकिने बताउनु भएको थियो । साथै, नीति नियम बनाउने सांसदहरुलाई ६ करोड रुपँैया बाँडेर बर्तमान सरकारले भ्रष्टाचारलाई मलजल गरेको भन्दै उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम देखावटी भएको आरोप लगाए ।

“भ्रष्टाचार बिरोधी राष्ट्रिय अभियान”
“भ्रष्टाचार बिरोधी राष्ट्रिय अभियान”

सो अवसरमा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा भ्रष्टाचार विरुद्ध अभियानका प्रदेश नं. ५ संयोजक होमाया गुरुङ, प्रदेश नं. ५ का अध्यक्ष झम बहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, जिल्ला सचिव दिलमाया गुरुङ, पार्टीका बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, लगायतले आ— आफ्नो भनाई राख्नु भएको थियो ।

पार्टीले भ्रष्टाचार न्युनिकरणका लागि देशैभर दवाव मूलक कार्यक्रमहरुलाई अगाडि बढाई रहेकोछ ।