मुख्यमन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र ।

0
1506

राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश समिति, प्रदेश ५ (लुथम) को तर्फदेखि प्रदेशको नाम, राजधानी र कामकाजी भाषाको विषयमा प्रदेश ५ का मुख्यमन्त्री, प्रदेश सभामुख र प्रदेश प्रमुखलाई ३ बूँदे ध्यानाकर्षणपत्र बुझाएकोछ । पार्टी उपाध्यक्ष डा. हाजी मोहम्मद हसन र उपमहासचिव टोप अस्लामीको विशेष उपस्थितिमा, प्रदेश ५ का अध्यक्ष झम बहादुर गुरुङ्गको नेतृत्वमा फागुन १३ गते गएको प्रतिनिधि टोलीले प्रदेश मुख्यमन्त्री सहितलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएको हो।

राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश ५ को नाम “ लुम्बिनी–थरुहट–मगरात” हुनुपर्ने, प्रदेश भित्र बोलिने मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ने र प्रदेशको राजधानी प्रस्तावित बौद्ध परिपथ भित्र राखिनु पर्ने माग पुनः आफ्नो ध्यानाकर्षण पत्र मार्फत स्मरण गराएको हो।

मुख्यमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र ।
मुख्यमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र ।