राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टी बिच एकता

0
1668

मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिले पनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टी बीच एकता भएको अध्यक्ष के.पी.पालुङवाले भन्नु भएको थियो ।

कार्यक्रममा पार्टीका नेता मेखराज परियार (खाती) ले पार्टीले पूर्ण समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, समानता र समाजवादको लक्ष्य लिएको सुनाए । त्यस्तै, बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाईने उनको भनाई छ ।

कार्यक्रममा पार्टीका बरिष्ठ नेता डिके बुद्धिष्ट, अर्का नेता यामबहादुर बुढाथोकी र केन्द्रिय सदस्य निर्मल मग्राती लगायतले पार्टीको भावी योजना र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

ठूला सत्ताधारी दलहरूले बहुलतालाई नकारी एकल नश्लीय सोचमा देशलाई अशान्तितर्फ धकेल्ने चेष्टा गरिरहेको पनि उक्त पार्टीले आरोप लगाएको छ । सत्तासीन दलहरूमा मुलुक निर्माण गर्ने दक्षता र आचरण दुवै नभएको पनि उसले आरोप लगाएको छ ।