राष्ट्रिय यूवा मोर्चा (परिवर्तित नामः जनमुक्ति यूवा महासंघ) को महाधिवेशन सम्पन्न

0
2115

 

41   राष्ट्रिय जनमुक्ति पार्टीको यूवा संगठन (Youth Wing)/ राष्ट्रिय यूवा मोर्चा (परिर्वतित नाम :– जनमुक्ति  यूवा महासंघ) को पाँचौं महाधिवेशन  २०७३ चैत्र २७ र २८ गते पाल्पा जिल्लाको सदरमुकाम तानसेन मा भव्यता पूर्वक सम्पन्न भएको छ । पार्टी महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले विभिन्न निर्णयहरु पारित गर्दै आगामी तीन वर्षका लागि  नयाँ नेतृत्व समेत चयन गरेको छ ।

30महाधिवेशनको उद्घाटन सभा चैत्र २७ गते तानसेनको टुडीखेलमा सम्पन्न भएको थियो । नगर परिक्रमा पश्चात सुरु भएको उद्घाटन सभामा पार्टी महासचिव केशव सूर्यवंशी सहितका केन्द्रीय नेताहरुले “भ्रष्टाचार देशद्रोह हो, भष्टाचारीलाई देशद्रोह घोषणा गर्ने संवैधानिक व्यवस्था हुनैपर्छ” भन्ने व्यानरमा हस्ताक्षर गरी महाधिवेशनको उद्घाटन गरिएको थियो । जनदवावका लागि एक करोड हस्ताक्षर गरिने अभियान अनुरुप उद्घाटनसभामा 14सहमागीहरु सबैले भ्रष्टाचार विरोधी व्यानरमा हस्ताक्षर गरिएको थियो । मोर्चाका कार्यवाहक अध्यक्ष ममता बुढाथोकीको सभापतित्व, पार्टी महासचिवको प्रमुख आतिथ्यतामा, महाधिवेशन संयोजक शंकर गाहाको स्वागत तथा सचिव लाल बहादुर गोतामेको सञ्चालनमा सम्पन्न उद्घाटन सभालाई उपाध्यक्षहरु होमाया गुरुङ्ग र कमला थापा, उपमहासचिव टोप अस्लामी र राम परियार, राष्ट्रिय दलित मोर्चा संयोजक तथा संघीय परिषद सदस्य हरिओम वि.क. र यूवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, पार्टीका पाल्पा जिल्ला अध्यक्ष नारायण कुवरले सम्बोधन गर्नु भएको थियो ।
24राष्ट्रिय यूवा मोर्चाको पाँचौं राष्ट्रिय महाधिवेशनवाट नाम परिर्वतन गरी जनमुक्ति यूवा महासंघ “Janamukti Youth Federation”  कायम भएको छ भने सर्वसम्मत प्रकृयावाट नयाँ नेतृत्व चयन गरिएको छ जसअनुसार अध्यक्षमा ममता बुढाथोकी, राष्ट्रिय अध्यक्षमा शंकर गाहा (घनश्याम), वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ्ग , महासचिव लालबहादुर गोतामे, कोषाध्यक्ष बसन्त कुमार सिंजाली, विभागीय उपाध्यक्ष (खेलकुद) राजकुमार थापा, 9सचिवहरु बसु राना (कपिलबस्तु), राम अस्लामी (पाल्पा), तथा सदस्यहरु अनिरुद्र थापा (सुनसरी), कमल लुम्फङ्वा (सुनसरी), कमल थापा (रुपन्देही), बलबहादुर घर्ती (दाङ्ग), सुरज अवाले (ललितपुर) र विरेन्द्र अस्लामी (पाल्पा) रहेका छन्  । वाँकी पदाधिकारी तथा सदस्यहरु केन्द्रीय समितिले मनोनित गर्नेछ ।

15 25