विर्तामोडमोड घट्नालाई सामान्य बनाउन माग ।

0
1254

झापाको विर्तामोडमा हिंजो भएको हिंसात्मक घट्ना प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गत असोज १४ गते आफन्तको घरमा गएको बालकको असोज १५ गते विर्तामोड–१ बैसावाडीमा शव फेला परेकोमा सो हत्या प्रकरण सम्बन्धमा फितलो अनुसन्धान भएको प्रति स्थानीयको आक्रोशलाई तितरबितर बनाउने निहुँमा हिंसात्मक घट्ना हुनु ज्यादै निन्दनीय विषय हो ।
आसन्न निर्वाचनको सम्मुखमा यस्ता घट्ना हुनुले जनताको अधिकार संस्थागत गर्ने विषय मोडिन सक्नेमा सम्बन्धित सबैले ध्यान पुरयाउन जरुरी छ भन्नेमा पार्टी अनुरोध गर्दछ ।
बालकको अप्रत्यासित हत्या हुनु तर हाल सम्म पनि हत्याराको पत्ता नलाग्नु खेदजनक छ । बालक हत्यारालाई अविलम्ब पत्ता लगाई सार्वजनिक गर्न र कडा भन्दा कडा सजाय दिन र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पार्टी जोडदार माग गर्दछ । परिस्थितिको गाम्भीर्यतालाई विशेष ध्यान दिई चाँडो भन्दा चाँडो विर्तामोडको परिस्थितिलाई सामान्य बनाउन राष्ट्रिय जनमुक्ति पार्टीले सरकार र सम्बन्धित सबैमा अपील गर्दछ ।