विश्व जनमुक्ति सम्मेलन, काठमाडौंमा

0
2432

               राष्ट्रिय जनमुक्ति पार्टीले २०७३ फागुन २३–२५ (5-7 March 2017) मा  विश्व जनमुक्ति सम्मेलन गर्ने भएको छ ।  विश्व भर फैलिएका जनमुक्ति विचारधारामा आवद्ध नेपालीहरुको संगठन जनमुक्ति मञ्चका प्रतिनिधिहरुको भेला हुने विश्व जनमुक्ति सम्मेलन नेपाल (काठमाडौं) मा सम्पन्न गर्न लागिएको हो । यस अघि कतार वा  भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलन गर्ने निर्णय  भएता पनि विश्व भर फैलिएका जनमुक्ति विचारधारामा आवद्ध नेपालीहरुको माग बमोजिम संघीय परिषदको दोस्रो बैठक माघ १० र ११  गते ले उक्त निर्णय गरेको हो । विश्व जनमुक्ति सम्मेलनको पहिलो दिन (फागुन २३) गते काठमाडौंको खुल्ला मञ्चमा बृहत जनप्रदर्शन सहितको उद्घाटन कार्यक्रम रहेको छ । दोस्रो दिन बन्दसत्र र तेस्रो दिन  घोषणा सभा गर्ने कार्यक्रम रहेको विश्व जनमुक्ति सम्मेलन मूल तयारी समितिका संयोज यम बहादुर बुढाथोकिले जानकारी गराउनु भएको छ ।