शुक्रबार मध्यरातको घट्ना असंवैधानिक र प्रतिगमनकारी

मूलुकमा अनिश्चय, अन्यौलता र राजनीतिक दुर्घट्ना निम्त्याईएको छ । अनुचित, असंवैधानिक एवं प्रतिगामी कदमको घोर भ्रत्र्सना गर्दै यसको विरुद्ध उभिन सबै नेपाली जनतामा जोडदार अपील ।

0
1136

शुक्रबार मध्यरात (जेठ ७/८) मा मन्त्रीपरिषदको आकस्मिक बैठक बसी प्रतिनिधि सभा विघटन तथा २०७८ कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन गर्न सिफारिस गरिनु र राष्ट्रपतिद्वारा तत्काल सदर गरिएको घट्नाक्रम प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सरकार प्रमुख र राष्ट्र प्रमुखको तालमेलमा चालिएको यो कदम असंवैधानिक र प्रतिगमनकारी ठहर गरेको छ । आज (जेठ ८ गते) पार्टीको विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको उक्त धारणा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीले भनेको छ – “खड्ग प्रसाद ओली नेतृत्वको अल्पमतको सरकारको विकल्पमा विपक्षी गठबन्धनद्वारा प्रस्तुत वैकल्पिक सरकार गठनको संवैधानिक दावी वस्तुगत र न्यायसंगत हुँदाहुँदै मूलुकलाई मध्यावधी निर्वाचन तर्फ धकेल्नु अन्ततः मूलुकमा अनिश्चय, अन्यौलता र राजनीतिक दूर्घटना निम्त्याउनु हो ।” अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाद्वार हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस अनुचित, असंवैधानिक एवं प्रतिगामी कदमको घोर भ्रत्र्सना गरिएको हो । सबै नेपाली जनता यस घट्नाको विरुद्ध उभिन राष्ट्रिय जनमुक्ति पार्टीले जोडदार अपील समेत गरेको छ ।