सर्वदलिय बैठकमा सहभागी

0
1508

राष्ट्रपति विद्यादेबी भण्डारी ले आह्वान गर्नु भएको मंसिर १९ गते को सर्वदलिय बैठक मा रास्ट्रिय जनमुक्ति पार्टी को तर्फ देखी वरिष्ठ नेता श्री डि. के. (देबकुमार) बुद्धिष्ठ तामाङ ले भाग लिनु भयो । सो अवसर मा नेता बुद्धिष्ठ ले संविधान को कार्यन्वयन मा जटिलता देखिएको मा कि पुनर्लेखन वा रास्ट्रिय निर्वाचन मात्र बिकल्प रहेको बिचार राख़्नु भयो । साथै देश सबै को भएकोले कसैलाई काखा र कसैलाई पाखा गर्ने नीति राज्य ले त्याग्नु पर्ने, यस्को लागि प्रमुख भनिएका दल र तीनका नेतृत्वले यथास्थितिबादी सोच त्याग्नु पर्ने र अधिकार का लागि लड्नेहरू ले पनि देश बिखण्डन को धम्कीपूर्ण भाषा बोल्न छोड्नु पर्ने कूरा गम्भीरता पूर्बक उठाऊनू भयो। उँहाले राष्ट्रिय तथा जनहितमा केन्द्रीत रहि प्रधानमन्त्री र र सभामुखलाई २६ बुँदे ज्ञापनपत्र मंसिर १ गते बुझाई शान्ति पूर्ण आन्दोलनमा राष्ट्रिय जनमुक्ति पार्टी लागेको जानकारी गराउदै सम्माननीय राष्ट्रपती, प्रधानमन्त्री सहित सर्वदलिय वैठकमा उपस्थित विभिन्न दलका नेताहरुलाई त्यस तर्फ गम्भिर हुन पनि ध्यानाकर्षण गराउनु भयो ।