सामूहिक मानवीय हत्या विरुद्धमा बहस कार्यक्रम सम्पन्न भयो

0
1464
जेठ १० गतेका दिन भएको नृसंश हत्या विरुद्ध बहस कार्यक्रम ।

रुकुम चौरजहारी नगरपालिकामा भएको निर्मम हत्याको आशय के हो ? घट्ना घटाउनेलाई सजाय कस्तो हुनु पर्ने हो ? राष्ट्रिय दलित मोर्चाद्वारा यही जेठ १७ गतेका दिन बुुटवल अमर भवनमा एक बहस कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव एवं जनमुक्ति एकाडेमीका प्रमुख टोप अस्लामी, दलित अभियानकर्ता एवं पूर्व माननीय विनोद पहाडी र अपराध सम्बन्धमा कानूनी ज्ञाता अधिवक्ता मदन पुन मुख्य वक्ताको रुपमा रहनु भएको थियो । विभिन्न अभियानकर्मी व्यक्तित्वहरु समेतको सहभागिता रहेको, टिभी जर्नालिष्ट एवं जनमुक्ति युवा महासंघका युवा व्यक्तित्व कमल थापाले सञ्चालन गरेको सो कार्यक्रमलाई राष्ट्रिय दलित मोर्चाका सहसंयोजक हरिओम बिकले अध्यक्षता गर्नु भएको थियो । यस कार्यक्रम सम्बन्धमा युट्युबमा अपलोड गरिएको दृश्य अभिलेखलाई पार्टी अभिलेखमा राखिएको छ ।  https://www.youtube.com/watch?v=92sgPKTnOJY&t=42s