स्थापना दिवसमा अन्तरकृया

0
1603

राष्ट्रिय जनमुक्ति पार्टीको २७ औं स्थापना दिवस (माघ ६) को अवसरमा संघीय परिषद द्धारा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । माघ ६ गते ललितपुर (धोविघाट) स्थित सिद्धार्थ कटेजमा आयोजित “पार्टीको २७ वर्षको अनुभवः सवल तथा दुर्वल पक्ष र भावी कार्यदिशा” विषयक अन्तरकृयात्मक कार्यक्रममा पार्टीका अग्रज व्यक्तिहरु र जनसंगठनका प्रतिनिधिहरुले आ–आफ्नो विचार–टिप्पणी राख्नु भएको थियो । पार्टी अध्यक्ष के.पी. पालुङ्वाको सभापतित्व, महासचिव केशव सूर्यवंशीको संयोजन र उपमहासचिव राम परियारको सञ्चालनमा सम्पन्न सो अन्तरकृया कार्यक्रममा पार्टी संस्थापक अध्यक्ष तथा हाल संरक्षक एम.एस. थापाले विशेष सम्बोधन गर्नु भएको थियो । पार्टीका वरिष्ठ नेता डि.के. बुद्धिष्ठ, पूर्व सचेतक तथा वरिष्ठ पत्रकार खिलध्वज थापा, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, संघीय महासभा अध्यक्ष मण्डलका सदस्य हर्कमान तुम्बाहाम्फे, देऊ बहादुर राना, संघीय महासभा सदस्य तथा राष्ट्रिय पूर्व सैनिक संगठनका पूर्व अध्यक्ष क्या. कृष्ण बहादुर राना, पूर्व सैनिक संगठनका पूर्व महासचिव क्या. दुर्गा प्रसाद गुरुङ्ग, प्रवासका तर्फवाट जनमुक्ति मञ्च वेलायतका प्रतिनिधि नेत्र आले, संघीय महासभा सदस्य सुमिता आले, पार्टीका जेष्ठ सदस्य सुरेन्द्र बहादुर तुम्बाहाम्फे र भरत लक्छवा राई लगायतले आ–आफ्नो विचार र अनुभव राख्नु भएको थियो । यस्तै जनसंगठनहरुको तफृवाट राष्ट्रिय दलित मोर्चाका केन्द्रीय सचिव श्याम परियार, नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना, जनमुक्ति यूवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष चन्दा थापा र बहुजातीय साँस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थापाले अन्तरक्रियाको विषय माथि आ–आफ्नो संगठनको तर्फवाट अभिमत राख्नु भएको थियो ।