हार्दिक शुभकामना -केपी पालुङ्वा (अध्यक्ष)

0
2065

राष्ट्रिय जनमुक्ति पार्टी
(RASTRIYA JANAMUKTI PARTY)
संघीय परिषद (National Council)

हार्दिक शुभकामना ।
**********************

सदाका वर्ष झैं ९ अगष्ट (आज) विश्वभरी आदिवासी दिवस मनाईदै गरेको अवस्था प्रति हामी गौरवान्वित छौं । यस अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट हामी देश विदेशमा रहनु हुने सबै आदिवासी तथा न्यायप्रेमी नेपाली दाजुभाई, दिदीबहिनीहरुमा शान्त, समृद्ध र सुदृढ नेपालको आकाँक्षा सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं ।
निश्चय पनि विश्व आदिवासी दिवस (अगष्ट ९) सबै मुक्ति कामी, न्यायप्रेमी, परिवर्तनकामी महानुभावहरुका लागि खुशी र सामूहिक रुपमा आन्दोलित हुने दिन पनि हो । यस अवसरमा नेपालमा र विश्वभरी छरिएर रहेका सबै नेपाली आदिवासीहरुले आजको दिनलाई “पर्व र आन्दोलन”को रुपमा मनाउने कार्यक्रम रहेको छ । नयाँ नेपाल निर्माण अभियानमा नेपालका आदिवासीहरुले जुन ढंगले आज सम्म न्यायका आवाजहरु बुलन्द गर्दै आएका छन् त्यसलाई अक्षरसः सुन्ने र कार्यान्वयन तहमा पुरयाउने सवालमा कञ्जुसाई गरेको हामीलाई पनि लागेको छ । यस अर्थमा यहाँका आदिवासीहरुले नेपालको राजनीतिक, सामाजिक, आर्थिक (जातीय) मुक्तिको लागि अझै शसक्त आवाज बुलन्द गर्नु पर्ने देखिएको छ ।

हामीलाई लाग्दछ, न्यायका पक्षधर सबैले अबको परिस्थितिमा अलि फरक ढंगले सोंच्नुका साथै सोही अनुसार गोलबन्द हुँदै अगाडि बढ्नु पर्दछ । अर्थात, अबका दिनमा यहाँका आदिवासी जनजातिहरु र सबै न्यायप्रेमी, मुक्तिकामी र परिवर्तनकामी महानुभावहरुले विभिन्न आस्थाका वाबजुद राजनीतिक एकता तर्फ पनि ठोस रुपमा सोंच्नु पर्ने र व्यवहारमा उत्रन हिम्मत गर्नु पर्ने भएको छ । अन्यथा, हाम्रा न्यायको पक्ष समेटिएका आवाजहरु (जुन मूलुक निर्माणसंग अन्योन्याश्रित छन्) लाई केवल चिच्याहट र रोदनको रुपमा सत्ताधारीहरुले चित्रण गरेको पुष्टी भईरहनेछ । हाल सम्मको यथार्थले यही सावित गरीरहेको छ । संविधान सभाले नयाँ संविधान-२०७२ घोषणा गरे पनि सयौं वर्षदेखि राज्यबाट पीडितहरुले राज्यमा अपनत्व महशुस गर्न नसक्नु यही यथार्थको कडी हो । तसर्थ २२औं विश्व आदिवासी दिवसको अवसरमा न्यायप्रेमीहरु जुटीरहदा ‘नयाँ परिस्थितिमा नयाँ ढंगले एक मत बनाउने र राष्ट्र निर्माणमा अपनत्व र प्रतिनिधित्व ग्रहण गर्ने राज्य व्यवस्था’ निर्माण गर्न एकता कायम हुने दीर्घकालिन वातावरण बनोस् भन्ने हाम्रो अभिप्राय रहेको प्रति सबैको ध्यानाकर्षण गर्न चाहन्छौं । अन्तमा, सुन्दर नेपाललाई शान्त र समृद्ध बनाउने न्यायिक आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न चाहन्छौं । सबैको प्रगतिको लागि शुभकामना ।

केपी पालुङ्वा
अध्यक्ष