१४औं गणतन्त्र दिवसको शुभकामना

प्राप्त उपलब्धीको रक्षा गर्दै बहुजातीय लोकतान्त्रिक समाजवादको आवश्यक्ता तर्फ बहस केन्द्रित गर्न आव्हान ।

0
1047
राष्ट्रिय जनमुक्ति पार्टीले १४औं गणतन्त्र दिवसको पावन अवसरमा परिवर्तनका पक्षधर सबैमा हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । यस अवसरमा पार्टीले जनबलमा प्राप्त कतिपय ऐतिहासिक उपलब्धीहरु अभिलेखीकरण गर्ने काम सम्पन्न भईसकेको औंल्याउदै जनचाहना, आकाँक्षा र आवश्यक्तालाई इमान्दार ढङ्गले सम्बोधन नगरेको बताएको छ ।
(तस्वीर श्रोत : गुगल)
(तस्वीर श्रोत : गुगल)
खासगरी जनताको मतप्राप्त गरेका राजनीतिक दलहरुबाट देश र जनताका पक्षमा इमान्दारिता देखाउने दायित्व, जिम्मेवारी निराशाजनक र फितलो बन्दै गएको पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा जनाईएको छ । उहाँले समृद्धि, शान्ति अनि एकताको सपनालाई भजाएर जनमत प्राप्त गरी सत्तामा पुगेकाहरु आज मनपरी र झनै एकाधिकारवादी भएर सत्ताअभ्यासमा उत्रीरहेको दृश्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोखिममा पार्न खोजीरहेको अवस्था आएको बताउनु भएको छ ।
शुभकामना सन्देशमा भनिएको छ – ‘लामो संघर्षपछि जनताले बनाएको संविधानलाई हठात च्यात्ने काम भएका छन् । देशलाई अन्यौलतातिर धकेल्ने काम भएको छ । यस सम्बन्धमा यो १४औं गणतन्त्र दिवसको अवसरमा नै सही, सबैले उचित ढङ्गले राष्ट्र निर्माणका लागि इमान्दार भई बहस र त्यसको निचोड तर्फ लम्कनु पर्दछ । सबै परिवर्तनकामी, मुक्तिकामी नेपालीजनमा यस तर्फ ध्यान जाओस् भन्दै नेपालमा अबको आवश्यक्ता ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ तर्फ केन्द्रित हुन प्रेरित गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।’