२०७६ सालको हार्दिक मंगलमय शुभकामना ।

0
1337

नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको छ । यो एकतन्त्रिय मात्र नभई एकल जातिय पनि छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक तब सम्म हुदैन् जब सम्म जातिय जनसख्याको आधारमा राज्यको विभिन्न तह र तप्कामा समानुपातिक प्रतिनिधित्व हुदैन् । मुलुकलाई समृद्धिको मार्गमा अग्रसर बनाउनको लागि भ्रष्टाचारलाई देशद्रोही सरह सजाय गर्ने हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ ।

नव वर्षको शुभकामना दिईरहँदा हालै बारा, पर्सा जिल्ला लगायतमा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरण गर्न चाहन्छु । हावहुरीबाट पीडित दिदीबहिनी दाजुभाइहरुको उद्धार र पुनस्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्रका साथै साँस्कृतिक धरोहरहरुको निमित्यान्न नगरी निर्माण गर्न यो घडीमा सरकारलाई झक्झक्याउन चाहन्छौं ।

जय जनमुक्ति !

संघीय परिषदको कार्यालय
महाराजगञ्ज, काठमाडौं