आज माङसेबुङ्ग इलाममा घोषणा सभा हुँदै 

आगामी मंसिरमा हुने निर्वाचनमा पार्टीको तर्फबाट जनता माझ पेश गरिने पार्टीको प्रतिबद्धतालाई सार्वजनिक गरिने भएको छ ।

0
2252

राष्ट्रिय जनमुक्ति पार्टीका देशभरीका नेता कार्यकर्ताहरु समेतको उपस्थितिमा इलामको माङ्सेबुङ्गमा आज चुनावी घोषणा सभा सम्पन्न हुँदैछ । देशमा स्थायी शान्ति र दिगो विकासका लागि निरन्तर लड्दै आईरहेको राष्ट्रिय जनमुक्ति पार्टीले आगामी मंसिरमा हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई मध्येनजर राखी सो घोषणा सभा गर्न लागेको हो ।
टाढाका जिल्लाहरुबाट आज बिहान माङ्सेबुङ्ग पुग्ने क्रम जारी छ । कार्यक्रम स्थल सेरोफेरो रहेका जिल्लाहरुबाट बिहान सबेरै कार्यकर्ताहरु जम्मा भई माङ्सेबुङ्ग तर्फ अगाडि बढीसकेको आयोजक समितिले जनाएको छ ।

पार्टीको आधार क्षेत्रको रुपमा विकास भईरहेको इलाम जिल्लालाई केन्द्र बनाई पार्टीले राष्ट्रिय घोषणा कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम पछि प्रदेश स्तरमा घोषणा कार्यक्रमरु सम्पन्न गरिनेछन् । जस अनुसार यही १४ गते दिन ५ नं. प्रदेश अन्तरगत बुटवलमा प्रादेशिक घोषणा सभा व्यापक रुपमा सम्पन्न गरिदैछ । यसैगरी अन्य प्रदेशहरुमा पनि ठूला ठूला घोषणा सभाहरु सम्पन्न गरिने तयारी भईरहेको छ ।
आज माङ्सेबुङ्गमा हुने घोषणा सभामा आगामी मंसिरमा हुने निर्वाचनमा पार्टीको तर्फबाट जनता माझ पेश गरिने पार्टीको प्रतिबद्धतालाई सार्वजनिक गरिने भएको छ । सोही प्रतिबद्धतालाई आधार मानी प्रादेशिक तहमा पनि पार्टीको प्रतिबद्धताहरु जनता माझ सम्प्रेषण गरिदै जाने पार्टी कार्यक्रम रहेको छ ।