नारी दिवसको शुभकामना

0
2604

नारी दिवस २०७३ को शुभ अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले देश विदेशमा रहनु भएका सबै नारीहरुको सम्मानमा शुभकामना व्यक्त गरेको छ । यही फागुन २३ गते काठमाडौं खुल्ला मञ्चमा उद्घाटन भएको “अन्तर्राष्ट्रिय जनमुक्ति सम्मेलन” आज फागुन २५ गते सम्म धोबीघाट, ललितपुरमा चलीरहेको छ । यस सन्दर्भमा ‘जनमुक्ति विचारधारा’ ले लिएको राजनीतिक पद्दतिको अवलम्बन गर्नु नै नारी उत्पीडनका सबै पक्ष निर्मूल पार्ने एक मात्र विकल्प छ भन्ने तर्फ सबैको ध्याकर्षण गराएको पार्टीले जनाएको छ । यस पावन अवसरमा सबैको सुस्वास्थ्य, दीर्घायु, सम्बृद्धि र उत्तरोत्तर प्रगति होस् ‘ पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङ्वाद्वारा जारी गरिएको शुभकामना वक्तव्यमा भनिएको छ ।’