मूलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न, भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचार गर्नेलाई आजीवन जन्मकैदका साथै सम्पत्ति राष्ट्रियकरण गर्ने कानूनी व्यवस्था हुनुपर्छ, भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटोछरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहितको स्वायत्त विशेष अदालतको संवैधानिक व्यवस्था गर्न र पञ्चायती व्यवस्था देखि हाल सम्मका भ्रष्टाचार प्रकरणमा र उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छानवीन गर्न शक्तिशाली नागरिक छानवीन आयोग गठनको माग सहित जेठ १५ गते देशको सात वटै प्रदेशबाट “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” को शंखघोष गरेकोछ ।

पार्टीको स्थायी समिति बैठक (बैशाख २७ गते) ले देशमा विकराल रुपमा संस्थागत भएको भ्रष्टाचारलाई सामान्य कदमबाट निर्मूल गर्न नसकिने निष्कर्ष सहित “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” नै सञ्चालन गर्ने निर्णयमा पुगेको थियो । भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई केन्द्रीय संयोजकको जिम्मेवारी तोकेको थियो भने प्रदेश नं. १ मा सचिव विष्णु थाम्देन, प्रदेश नं. २ मा सचिव शर्मिला महरा, प्रदेश ३ मा सचिव एवं संगठन विभाग उपप्रमुख केबी पुन, प्रदेश नं. ४ मा उपाध्यक्ष हस्त बहादुर थापा, प्रदेश नं. ५ मा उपाध्यक्ष होमाया गुरुङ्ग, प्रदेश ६ मा उपाध्यक्ष रवीन्द्र उच्च नेपाली, प्रदेश ७ मा सचिव मनीराम चौलागाई संयोजक रहने गरी केन्द्रीय संयोजन समिति रहेको छ ।

“भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” को शंखघोष सभाहरु निम्नानुसार रहेकोछ  ।

प्रदेश नं १ मा धरान लगायत ९ स्थानमा जनसभा 
प्रदेश नं १ मा धरान लगायत ९ स्थानमा जनसभा
काठमाडौं स्थित रत्नपार्कको शान्तिवाटीका प्रदेश नम्बर ३ कार्यक्रम
काठमाडौं स्थित रत्नपार्कको शान्तिवाटीका प्रदेश नम्बर ३ कार्यक्रम
काठमाडौं स्थित रत्नपार्कको शान्तिवाटीका प्रदेश नम्बर ३ कार्यक्रम
काठमाडौं स्थित रत्नपार्कको शान्तिवाटीका प्रदेश नम्बर ३ कार्यक्रम
 प्रदेश नम्बर ४ कार्यक्रम
प्रदेश नम्बर ४ कार्यक्रम
 प्रदेश नम्बर ५ कार्यक्रम भैरहवा
प्रदेश नम्बर ५ कार्यक्रम भैरहवा
 प्रदेश नम्बर ५ कार्यक्रम भैरहवा
प्रदेश नम्बर ५ कार्यक्रम भैरहवा
 प्रदेश नम्बर ६ कार्यक्रम
प्रदेश नम्बर ६ कार्यक्रम