महापर्व छठ (२०७४) को मंगलमय शुभकामना

0
1596

नेपालीहरुको अर्को महाछठ पर्वको उपलक्ष्यमा सबै नेपालीहरुमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । पार्टी सचिव एवं केन्द्रीय कार्यालय ईञ्चार्ज पदम जवेगुले जारी गरेको शुभकामना विज्ञप्तिमा बताईएको छ – ‘यस पर्वले सबै नेपालीहरुमा भ्रातृत्वको थप विकास होस्, सबै नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुखशान्ति र समृद्धि होस् ।’
आज मिति २०७४ कार्तिक ७ गतेदेखि ४ दिन सम्म मनाईने यो पर्वमा विशेष गरी तराईबासी नेपालीहरुले धुमधामका साथ विभिन्न विधिहरु अवलम्बन गर्दै पर्वलाई मौलिक रुपमा मनाउदै आईरहेका छन् । पछिल्ला वर्षहरुमा राजधानी काठमाडौंमा पनि यस पर्वलाई मनाउँदै आईएको छ ।

आत्मिक शुद्धीकरणको महाअभियानसंग जोडिएको यस पर्व नेपाली मात्रको उन्नतिका लागि थप प्रेरणादायी बनोस् भन्ने राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाट कामना गरिएको छ ।