रिपोटर्स क्लवमा सञ्चारकर्मीहरुसंग अन्तरकृया सम्पन्न

0
2434
रिपोटर्स क्लवमा सञ्चारकर्मीहरुसंग अन्तरकृया सम्पन्न
******************************************
rastriya janamukti party nepalrastriya janamukti party nepal 1
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको प्रथम बैठक यही मिति २०७३ साउन १४ गतेदेखि प्रारम्भ भई १७ गते बिहान १० बजे सम्पन्न भयो । बैठक समापन पछि पार्टीको अवधारणा सार्वजनिक गर्नका लागि पार्टीले रिपोटर्स क्लबमा दिउंसो १२ः ३० बजे सञ्चारकर्मीहरुसंग भेटघाट कार्यक्रम आयोजना गरयो । बैठकले गरेका मुख्य राजनीतिक र साँगठनिक निर्णयहरु समेटिएको प्रेष विज्ञप्ति सञ्चार विभाग प्रमुख टोप अस्लामीद्वारा हस्ताक्षर गरी जाहेर गरिएको थियो ।
पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालक तथा पार्टी सञ्चार विभाग प्रमुख टोप अस्लामीले सञ्चारकर्मीहरुलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो । पार्टी अध्यक्ष केपी पालुङ्वाले पार्टीको समसामयिक निर्णय र अवधारणा बारे सञ्चारकर्मीहरु माझ ब्रिफिङ्ग गुर्न भएको थियो साथै सञ्चारकर्मीहरुले राखेका सवालहरुको जवाफ पनि दिनु भयो । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट पार्टी उपाध्यक्षहरु रविन्द्र उच्च नेपाली, राजवंशी चौधरी, टीकाराम शर्मा, मोहन धिमाल, कमला थापा र सोम बहादुर थिङ्ग (सोविन) समेतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन करीब १ घण्टा चलेको थियो ।
तस्वीर : होम थापा (संघीय परिषद सदस्य)