संघीय परिषदको बैठक सम्पन्न।

0
1009

पार्टी संघीय परिषदको ९औं बैठक सम्पन्न भएकोछ । पार्टी अध्यक्ष के.पी. पालुङवाको सभापतित्व तथा संरक्षक एम. एस. थापा, अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक राम बहादुर तुम्बाहाम्फे र वरिष्ठ नेता डि.के. बुद्धिष्ठको विशेष उपस्थितिमा सम्पन्न बैठकले पार्टीको छैंठौें राष्ट्रिय महाधिवेशन बारे यस अघिको मिति संशोधन गरि आगामी २०७७ वैशाख ६, ७, ८ र ९ गते सुनसरीको धरानमा गर्ने निर्णय गरेकोछ । महाधिवेशन तयारी सम्बन्धि प्राबिधिक कार्य तथा पार्टी सदस्यता र मातहतका समितिहरूको भेला र अधिवेशन लगायतका महत्वपूर्ण कार्य सम्पादनका लागि थप समय आवश्यक भएकोले महाधिवेशनको नयाँ मिति तोकीएको हो । आगामी फागुन मसान्त भित्र मातहतका समितिहरूको अधिवेशन र भेला सक्ने, चैत्र १५ भित्र सदस्यता अध्यावधिक कार्य सक्ने, केन्द्रीय सचिवालयको संयोजन र सहयोगमा बिधान, घोषणापत्र र जनमुक्ति बिचारधारा सम्बन्धि छलफल तथा सुझाव संकलन कार्य पनि चैत्र १० भित्र सक्ने कार्ययोजना बैठकले पारित गरेकोछ । बैठकले कोषाध्यक्ष डब बहादुर पुन द्वारा प्रस्तुत महाधिवेशनको लागि आर्थिक कार्ययोजना पारित गर्नुका साथै पार्टी उपाध्यक्ष मोहन धिमाल लाई महाधिवेशन मूलतयारी समितिको कार्यकारी संयोजकको जिम्मेवारी पनि तोकेकोछ । बैठकले फागुनको पहिलो साता देखी महाधिवेशन तयारी समितिको सचिवालय सुनसरीको धरानमा सञ्चालन गर्ने पनि निर्णय गरेकोछ ।

पुष २० र २१ मा केन्द्रीय सचिवालय, चक्रपथ (काठमाडौं) मा सम्पन्न बैठकले राष्ट्रिय अंतराष्ट्रिय राजनीति तथा आफ्नो बहुपक्षिय समीक्षा गर्दै पार्टी धारणा तथा दृष्टिकोण तयार गरेकोछ । सीमा समस्या बारे गम्भीर हुन तथा वैज्ञानिक एवम् दीर्घकलीन समाधानको लागी सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय भएकोछ । जुनसुकै मूलूकबाट आउने सहयोग र परियोजना स्वीकार गर्दा नेपाल सरकारले राष्ट्रिय हित, सार्वभौमसत्ता र असंलग्न नीतिलाई केन्द्रमा राखÞ्न पनि माग गरिएकोछ ।
गत जेठ १५ देखी प्रारम्भ गरिएको भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको समीक्षा गर्नुका साथै छैठौें महाधिवेशन सम्म भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान अन्तर्गत गाऊँपालिका र नगरपालिका तहमा अन्तरक्रिया, कोणासभा र हस्तक्षर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बैठकले बिश्व परिवेशमा आणविक शक्ति राष्ट्रहरू बिचको बढ्दो तनाव, प्रतिक्रिया र बैमनेस्यताले बिश्व शान्तिलाई खतरामा पारेको ठहर गर्दै बार्ता (संवादबाट समाधान खोजÞ्न र आवस्यक भूमिका निर्वाहको लागि संयुक्त राष्ट्र संघलाई आग्रह पनि गरेकोछ ।