सर्वोच्चको निर्णयले जोखिम कम गरेको छ – जनमुक्ति

0
872

राष्ट्रिय जनमुक्ति पार्टीले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको असार २८ गतेको निर्णयलाई उचित र सकारात्मक ठहर गरेको छ । सर्वोच्चको फैसला साथै समसामयिक राजनीतिक परिस्थिति सम्बन्धमा पार्टी स्थायी समितिको जुम बैठक बसेको थियो । बैठककको निष्कर्ष अनुसार पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाद्वारा एक विज्ञप्ति प्रकाशित गरिएको छ ।


प्रतिनिधि सभाले संविधानको धारा ७६ (५) अनुसारको सरकार दिन सक्ने विकल्प रहदारहदै प्रधिनिधि सभाको हठात विघटन तथा मध्यावधी निर्वाचनको घोषणा गरिनु अवैधानिक रहेको अवस्थामा सर्वोच्चको फैसलाले मूलुकलाई राजनीतिक दूर्घट्ना, अस्थिरता र भीडन्त तर्फ जाने जोखिम कम गरेको पार्टीले विश्लेषण गरेको छ ।

विज्ञप्ति मार्फत पार्टीले अगाडि भनेको छ – प्रस्तावित संघीय संसदले आफ्नो बाँकी कार्यकाल सफलतापूर्वक पुरा गरोस् र हाल सम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्न तर्फ सबल र सक्षम भूमिका निर्वाह गरोस् भनी खबरदारी समेत गर्न चाहन्छौं ।