नेपाल थारु राष्ट्रिय मञ्चकाे केन्द्रीय तदर्थ समिति विस्तार

'२०७८ भदौमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी'

0
1406
(राष्ट्रिय जनमुक्ति पार्टी महासचिव केशव सुर्यवंशीले सम्बोधन गर्दै)

        राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्व नेपाल थारु राष्ट्रिय मन्चको केन्द्रीय तदर्थ समितिको आज एक कार्यक्रमका बीच विस्तार गरिएको छ । नवलपरासी (त्रिवेणी सुस्ता पश्चिम) को बर्दघाटमा आयोजित एक कार्यक्रमका सन्दर्भमा सो विस्तार कार्यक्रम सम्पन्न भएको हो । समग्र थारु जातिलाई जनमुक्ति विचारधारामा आवद्ध गरी बहुजातीय लोकतान्त्रिक समाजवादका लागि कृयाशिल गराउने उद्देश्यका साथ राष्ट्रिय जनमुक्ति पार्टीको ११औं राष्ट्रिय भेला (२०७४ भैरहवा) मा ‘नेपाल थारु राष्ट्रिय मन्च’को नामाकरण सहित जिम्मेवारी तोकिएको थियो । सोही मन्चको आयोजनामा बर्दघाटमा कार्यकर्ता भेला तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।         कार्यकर्ता भेलाले मन्चको समिति विस्तार गर्नुका साथै जिम्मेवारी समेत तोकेको छ । विस्तारित केन्दीय तदर्थ समितिमा यस अघि केन्द्रीय संयोजक रेखा प्रसाद चौधरी थारु अध्यक्ष, सचिव पार्वती थारु, कोषाध्यक्ष गोपाल थारु, सदस्यहरुमा मैतु चौधरी (दाङ्ग), मन्जु चौधरी (रुपन्देही), सुशिला चौधरी (नवलपरासी सुस्ता पश्चिम) र तुल्सीलाल चौधरी रहनु भएको छ ।

(नेपाल थारु राष्ट्रिय मन्चको विस्तारित समिति)

यस्तै गरी भेलाले सल्लाहकारहरुको समेत मनोनयन गरेको छ । जस अनुसार नरसिंह चौधरी (नवलपरासी सुस्ता पश्चिम), नगेन्द रौतार थारु (कपिलवस्तु), अमेरिका चौधरी थारु (नवलपरासी सुस्ता पश्चिम), जीतराम थारु, सेखाराम चौधरी (नवलपुर/नवलपरासी सुस्ता पुर्व) र पेस सल्लाहकारमा मनजीत चौधरी थारुलाई मनोनयन गरिएको छ ।

(राष्ट्रिय जनमुक्ति पार्टी कोषाध्यक्ष डब गर्बुजाले सम्बोधन गर्दै)

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशी, उपमहासचिव टोप अस्लामी, केन्दीय कोषाध्यक्ष डब गर्बुजा, सचिव एवं केन्दीय संगठन विभाग प्रमुख केबी पुन, जनमुक्ति मन्च बेलायतका अध्यक्ष नारायणकिशोर पुन, मगर महासंघ नेपालका केन्दीय उपाध्यक्ष धनीसरा थापा, राष्ट्रिय जनमुक्ति पार्टीका नवलपरासी (सुस्ता पश्चिम) का अध्यक्ष धन बहादुर गुरुङ्गले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस्तै गरी सहभागीहरुबाट गोपाल थारु, अमेरिका थारु, तुल्सी थारु, कैलाश थारु, पार्वती थारु, मकर बहादुर थारु लगायतले मन्तव्य र जिज्ञासा राख्नु भएको थियो ।


भेलाले २०७८ भदौ २९ र गते नेपाल थारु राष्ट्रिय मन्चको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन नवलपरासी (सुस्ता पश्चिम) मा सम्पन्न गर्नका लागि मन्चको केन्द्रीद तदर्थ समितिलाई जिम्मेवारी समेत तोकेको छ । यसका साथै आयाताकारमा तीन भागमा एक भाग आकाशे नीलो, तीन भागमा दुई भाग हरियो पृष्ठभुमिमा स्वर्ण रङ्गको पाँचकुने तारा रहेको झण्डा नेपाल थारु राष्ट्रिय मन्चको झण्डा हुने निर्णय गरेको छ । कार्यक्रमको व्यवस्थापन राष्ट्रिय जनमुक्ति पार्टी (त्रिवेणी सुस्ता पश्चिम) ले गरेको थियो ।

यसैबीच राष्ट्रिय दलित मोर्चाको राष्ट्रिय महाधिवेशन २०७८ असोजमा सम्पन्न गर्ने गरी पार्टी उपाध्यक्ष रविन्द्र उच्च नेपालीको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन भईसकेको छ ।