मूलुकलाई अस्थिरता र दुर्घटना तर्फ नलग्न माग

कोरोना महामारीको कारणले संकटमा परेको विश्वभर रहेका प्रवासी नेपालीहरूको रोज़गारको सुरक्षा, जीवन रक्षा र स्वदेश फिर्तीका लागि नेपाली दूतावासहरू मार्फ़त आवश्यक प्रभावकारी क़दम चालियोस् ।

0
1448

दुई तिहाई बहुमत प्राप्त गरी केपी ओली नेतृत्वको सरकारले यही बैशाख ८ गतेका दिन एकाएक अध्यादेश जारी गरेको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीले तीन बुँदे धारणा सहित तत्काल कार्यन्वयनको माग गर्दै प्रेष विज्ञप्ति जारी गरेको छ । पार्टी अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा निम्न बुँदाहरु अगाडि सार्दै सरकार समक्ष माग गरिएको छ ।

१) नेपाल सरकारद्वारा हिजो (वैशाख ८ गते) राष्ट्रपति मार्फ़त जारी ग़रिएको राजनीतिक दल सम्बन्धि (दोश्रो संशोधन) अध्यादेशले मूलूकलाई राजनीतिक अस्थिरता र दुर्घटना तर्फ़ लैजाने निश्चित छ। उक्त अध्यादेश तत्काल खारेज गरियोस् ।

२) कोरोना महामारीको कारणले संकटमा परेको विश्वभर रहेका प्रवासी नेपालीहरूको रोज़गारको सुरक्षा, जीवन रक्षा र स्वदेश फिर्तीका लागि नेपाली दूतावासहरू मार्फ़त आवश्यक प्रभावकारी क़दम चालियोस् । यस कार्यमा हाम्रो पार्टीको प्रवासी संगठन  “जनमुक्ति मंच” समेत उचित भूमिका र ज़िम्मेवारी उठाउन तयार छ ।

३) महामारीको रुपमा देखा परेको कोरोना (कोभिड-१९) विरुद्ध प्रभावकारी मोर्चाबन्दीको लागि राजनीतिक दल, सामाजिक संघ-संस्था तथा नागरिक अगुवा सम्मिलित “सर्वपक्षीय विशेष संयन्त्र” तत्काल केन्द्र देखि स्थानीय तह सम्म गठन गरियोस् ।