देशमा बढ्दोे व्यथितिका विरुद्ध सहकार्यको शुरुवात

"नेपाली जनताको बलीदानीबाट प्राप्त उपलब्धी माथि सुनियोजित तवरले प्रहार भइरहेको ठहर गर्दै यस्तो प्रतिगामी कदम तथा गतिविधिको घोर भत्सर्ना र बिरोध"

0
494

राष्ट्रिय जनमुक्ति पार्टी लगायत तीन दलले देशमा बढ्दै गईरहेका राजनीतिक तथा सामाजिक व्यथितिका विरुद्ध सहकार्यको थालनी गरेको छ । यही असोज १५ गतेका दिन काठमाडौंमा एक कार्यक्रम गरी उक्त कुराको उद्घोष गरिएको हो । देशमा लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशिता अनि धर्मनिरपेक्षता जस्ता उपलब्धी माथि सुनियोजित तवरले प्रहार भइरहेको ठहर गर्दै यस्तो प्रतिगामी कदम तथा गतिविधिको घोर भत्सर्ना र बिरोध गर्दै प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि सामूहिक संघर्षको आवश्यक्तालाई परिपूर्ति गर्न सहकार्यको उद्घोष गरिएको हो । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, सामाजिक एकता पार्टीका अध्यक्ष सीबी गहतराजद्वारा हस्ताक्षरित प्रेष विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार सम्मेलन मार्फत सहकार्यको घोषणा गरिएको छ ।

राजनीतिक सहकार्यको थालनी गर्दै तीनदलका नेताहरुबाट जारी विज्ञप्तिमा भनिएको छ – “वर्तमान सन्दर्भमा देशमा लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, समावेशिता अनि धर्मनिरपेक्षता जस्ता उपलब्धी माथि सुनियोजित तवरले प्रहार भइरहेको ठहर गर्दै यस्तो प्रतिगामी कदम तथा गतिविधिको हामी घोर भत्सर्ना र बिरोध गर्दछौं ।”
त्यसका साथै देशको विभिन्न स्थानहरुमा धार्मिक अतिवादी गतिविधि चर्काउने र धार्मिक तथा साम्प्रदायिक दङ्गा भड्काउने खालका गतिविधि प्रति तीन दलको गम्भीर ध्यानाकर्षण भएको छ । यसतर्फ बेलैमा राज्यको गम्भीर ध्यानाकर्षण होस् र बेलैमा उचित कदम चालियोस् भनी नेताहरुले चेतावनी दिनु भएको छ । यस्ता अतिवादी धार्मिक/साम्प्रदायिक घट्नाको तत्काल निष्पक्ष छानविन गरी दोषी उपर कडा कार्वाही एवम् पीडितहरुलाई उचित राहत प्रदान गर्न माग गर्दै तीन दलले नवलपरासी, सुर्खेत, धनुषा, सर्लाही, महोत्तरीमा भएका धार्मिक अतिवादी घटना तथा ज्यादती बारे आम नेपाली सबैलाई सतर्क र सचेत हुन आग्रह गरेको छ ।
देशको व्यथितिको अन्त्यका लागि जारी साझा विज्ञप्तिमा विगत सात महिना देखि चलीरहेको प्रदेश नम्बर – १ (कोशी) नामाकरण विरुद्धको आन्दोलनतर्फ सत्ता सञ्चालकहरुको गम्भीर ध्यानाकर्षण हुनु पर्नेमा विशेष जोड दिंदै यसको उचित राजनीतिक समाधानको लागि उच्चस्तरीय राजनीतिक पहल गर्न सरकार र सम्बन्धित पक्षलाई सचेत पनि गराईएको छ ।
तीन दलहरुका नेताहरु राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, सामाजिक एकता पार्टीका अध्यक्ष सिबि गहतराजद्वारा हस्ताक्षर गरी जारी प्रेष विज्ञप्ति अनुसार देशको युवाशक्ति र प्रतिभाहरुको विदेश पलायनको भयावह अवस्था रोक्ने तर्फ राज्यको कुनै पहल नभएकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ । युवाशक्ति र प्रतिभा पलायन रोक्न विशेष राष्ट्रिय नीति निर्माणका लागि सरकारद्वारा अविलम्ब पहल गरियोस् – नेताहरुले विशेष जोड दिनु भएको छ ।
देशमा भ्रष्टाचार, बेरोजगारी, महङ्गी, कालोबजारी जस्ता समस्याहरु भयावह रूपमा बढीरहेका छन् । यसको निराकरणका लागि प्रभावकारी कदम चालियोस् – जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रकारहरुसंग साक्षात्कार गर्दै तीन दलका नेताहरुले विज्ञप्तिमा जनाईएका विषयहरु उपर सबैको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रमका सन्दर्भमा तीन दलका नेताहरुले विशेष जोड दिनु भएको छ – “जनताको त्याग, तपस्या र बलीदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमन, धार्मिक अतिवाद, साम्प्रदायिकता र भ्रष्टाचारका बिरुद्ध गोलबन्द हुन सबै नेपाली जनतालाई आव्हान गर्दछौ ।” “नेपाली जनताको बलीदानीबाट प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धीका लागि साथै देशमा बढ्दो व्यथितिका विरुद्ध सहकार्य गर्न र एक हुन सरोकारवाला राजनीतिक शक्तिहरुलाई समेत आग्रह गरिएको छ” – तीन दलको तर्फबाट जारी विज्ञप्तिमा साथै साक्षात्कार कार्यक्रममा शिर्ष नेताहरुले आव्हान गर्नु भयो ।
काठमाडौं स्थित सम्वाद डबलीमा आयोजना गरिएको संयुक्त साक्षात्कार कार्यक्रममा तीन दलका केन्द्रीय तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, सामाजिक एकता पार्टीका अध्यक्ष सीबी गहतराज (क्रमशः दायाँबाट बायाँ) द्वारा हस्ताक्षरित प्रेष विज्ञप्ति सार्वजनिक गरिएको (तीन दलको साझा अवधारणा) निम्नानुसार रहेको छ :–