प्राकृतिक विपत्तिमा सबैले हातेमालो गरौं : जनमुक्ति

" राष्ट्रिय जनमुक्ति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले हातेमालो गर्न पनि हार्दिक आव्हान"

0
1090

मिति २०८० कात्तिक १७ गते शुक्रबार राती ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर मा ६.४ म्याग्निच्युडको भूकम्प गएको कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा हुन गएको क्षति एवं कहियौंको मृत्यु साथै घाइते भएको घट्नाले राष्ट्रिय जनमुक्ति पार्टी स्तब्ध भएको छ । यस भूकम्पबाट प्रभावित घाइतेहरुको शिघ्र उपचारमा र घर विहिनहरुलाई गास, बास, कपासमा कुनै कमी नहोस् भनी पार्टीले सरकारसँग माग गरेको छ ।
महासचिव टोप अस्लामीले २०८० कात्तिक १८ गते एक विज्ञप्ति जारी गर्दै पार्टीले भूकम्पबाट दिवंगतहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको बताउनु भएको छ । महासचिव अस्लामीले पीडित सबै जनसमुदाय र उद्धारकर्मी एवम् स्वास्थ्यकर्मी ज्यूहरु सबैमा धैर्यताका साथ अगाडि बढ्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्नु भएको छ । साथै संकटको समयमा सबै पीडित जनसमुदायमा धैर्य रहन पनि पार्टीले आव्हान गरेको छ ।
“यस खालको घट्नाबाट सृजित परिस्थितिमा मानवीय सहयोगका लागि राष्ट्रिय जनमुक्ति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले हातेमालो गर्न पनि हार्दिक आव्हान गर्दछौं” जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :