प्रदेश स्तरीय पार्टीे शुद्धीकरण सुदृढीकरण अभियानको प्रशिक्षण सम्पन्न

"लुम्बिनीमा पार्टीलाई बलशाली बनाउन नेता कार्यकर्ताहरु प्रतिबद्ध भएको उदघोष" "रुपन्देही जिल्लामा असोज २५ गतेदेखि नै शुरु"

0
443
“पार्टीे शुद्धीकरण–सुदृढीकरण अभियान सक्रियताका साथ सम्पन्न गरौं ।, बलशाली पार्टी निर्माणका लागि सबै नेता कार्यकर्ताहरु प्रतिबद्ध र शसक्त रुपमा एकताबद्ध हौं ।।” भन्ने मूल नाराका साथ अगाडि बढेको कार्यक्रम लुम्बिनी प्रदेशमा निर्धारित मिति असोज २० गते नै शुरु भएको छ ।

“पार्टीे शुद्धीकरण–सुदृढीकरण अभियान सक्रियताका साथ सम्पन्न गरौं ।, बलशाली पार्टी निर्माणका लागि सबै नेता कार्यकर्ताहरु प्रतिबद्ध र शसक्त रुपमा एकताबद्ध हौं ।।” भन्ने मूल नाराका साथ अगाडि बढेको कार्यक्रम लुम्बिनी प्रदेशमा निर्धारित मिति असोज २० गते नै शुरु भएको छ । लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भएसंगै प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरसम्वाद सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय संगठन विभागको आव्हानमा लुम्बिनी (लुथम) प्रदेश समितिले निर्धारित मिति २०८० असोज २० गते आयोजना गरेको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष कमला थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले पार्टीलाई बलशाली बनाउने अभियानलाई सबै नेता कार्यकर्ताहरुले प्रतिबद्ध र शसक्त रुपमा एक भई सफल पार्नु पर्नेमा जोड दिनु भयो । यो अभियानले पार्टीलाई निश्चय नै एउटा बलशाली तहमा पुरयाउनेछ उहाँले उपस्थित सबै नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भन्नु भयो अब यो कार्यक्रमलाई स्थानीय तह सम्म जागरुकताका साथ सम्पन्न गनै पर्दछ ।

लुम्बिनी (लुथम) प्रदेश समितिले निर्धारित मिति २०८० असोज २० गते आयोजना गरेको कार्यक्रममा सहभागीहरु कार्यक्रमको निर्देशिका अध्ययन गर्दै ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव एवं केन्द्रीय संगठन विभाग सदस्य मोजीब अलीले विभागद्वारा जारी कार्यक्रमको मार्गचित्र पढेर सुनाउनु भयो भने पार्टी महासचिव एवं केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामीले असोज माघ कार्यक्रमको अन्तरवस्तु बारे उपस्थित नेता तथा कार्यकताहरुलाई प्रष्ट पार्नु भयो ।
केन्द्रीय अनुगमन तथा मूल्याङकन समितका संयोजक दल बहादुर वीरकट्टा, संघीय परिषद सदस्य एवं राष्ट्रिय महिला मोर्चाका महासचिव धनी आलेले अभियानको सन्दर्भमा प्राप्त अनुभूतिहरु उपस्थितहरुमाझ संक्षिप्तमा बताउनु भयो ।

कार्यक्रम सञ्चालक लुम्बिनी (लुथम) सचिव चित्र गुरुङ्ग ड्यासमा र बहुजातीय साँस्कृतिक परिवारको तर्फबाट स्वागत गीत प्रस्तुत गर्दै ।

पार्टीका उपाध्यक्षहरु हाजी डा. मोहम्मद हसन र होमाया गुरुङ्गको समुपस्थिति थियो भने केन्द्रीय सचिव गीता सारु साथै संघीय परिषद् (केन्द्रीय) सदस्यहरु हरिदेव थापा, अशोक पुन, अधिवक्ता बालकिशोर राना, बल बहादुर थापा, धनी आले (रामामोका महासचिव तथा अभियानका सदस्य), मगर महासंघ नेपालका केन्द्रीय अध्यक्ष छत्र बहादुर दर्लामी, नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय संयोजक रेखा प्रसाद चौधरी थारु, जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहा, संघीय महासभा सदस्यहरु नरजंग गुरुङ्ग लगायत प्रदेश पदाधिकारी तथा सदस्यहरु, नवलपरासी सुस्ता पश्चिम – रुपन्देही – कपिलवस्तु – अर्घाखाँची – दाङ्ग – बाँके जिल्ला समितिका अध्यक्ष तथा पदाधिकारीहरु, प्रदेश तथा प्रतिनिधि सभाका तत्कालिन उम्मेदवारहरु, निर्वाचन क्षेत्रीय अध्यक्ष तथा पदाधिकारीहरु, राष्ट्रिय महिला मोर्चाका प्रदेश र जिल्ला नेताहरु, विभिन्न पालिका प्रमुखहरू साथै पार्टीका विशेष शुभचिन्तकहरु समेतको सहभागिता रहेको थियो ।

प्रदेश सचिव चित्र गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा प्रदेश उपाध्यक्ष लीलमाया रानाको स्वागत मन्तव्य रहेको थियो । लुम्बिनी (लुथम) प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा स्वागत गीत मार्फत बहुजातीय साँस्कृतिक परिवारको समूहले उत्साह प्रदान गरेको थियो । सहभागी सबै नेता कार्यकर्ताहरु, संघीय महासभा सदस्यहरु, पार्टीका प्रतिबद्ध शुभचिन्तकहरु सबैमा पार्टी महासचिव एवं केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामीले हार्दिक आभार व्यक्त गर्नु भयो ।

पार्टीका केन्द्रीय सदस्य एवम् राममोका केन्द्रीय उपाध्यक्ष मधु राना (अभियानका सदस्य) को आफन्तजन (भेना) को अकस्मात देहावसान भएकोले कार्यक्रममा उपस्थित हुन सक्नु भएन । उहाँको भेनाको दुःखद् निधनप्रति पार्टीे र केन्द्रीय संगठन विभागले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको निर्वाण प्राप्तिको कामना र शोकाकूल सबैमा पार्टीेले हार्दिक समवेदना प्रकट गरयो ।

पार्टीलाई बलशाली बनाउने अभियानमा प्रदेश १ देखि कार्यक्रम सञ्चालन गरी प्रदेश ५ सम्म आईपुगेको उपलक्ष्यमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान (असोज–माघ) २०८० का सम्पूर्ण टोलीलाई लुम्बिनी प्रदेश समितिले भव्य स्वागत समेत गरेको थियो ।

यसैबीच असोज २५ गतेदेखि कात्तिक ४ गते सम्म जिल्ला तहमा सम्पन्न हुने उक्त कार्यक्रम रुपन्देही जिल्लामा निर्धारित मिति असोज २५ गते नै प्रारम्भ भएको छ ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02qWvZQjH56ZxyTFFCQhdSXc2JvRSs6HEnLvkz21EBuPxgQwTiA1NbxqxE7sdKSE4el&id=100063519730184&mibextid=Nif5oz