जनमुक्तिद्वारा इजरायल घट्नाप्रति गहिरो दुःख व्यक्त

निहत्था नेपालीहरुमाथि हमास आक्रमण निन्दनीय छ । मृतक नेपालीको शव नेपाल ल्याउने व्यवस्था, घाईतेहरुको शिघ्र उपचार, वेपत्ताहरुको अविलम्ब खोजी साथै संकटमा परेकाहरुलाई सुरक्षित उद्दार गर्न माग ।

0
622

राष्ट्रिय जनमुक्ति पार्टीले इजरायलमा हालै उत्पन्न घट्नाका कारणबाट १० जना निहत्था नेपाली विद्यार्थीहरुको अनाहकमा मृत्यु भएको, कहियौं घाईते भएको, कतिपयले जीवन रक्षाको कामना गर्दै कष्टदायक अवस्थाबाट गुज्रेको साथै कतिपय सम्पर्क विहिन अवस्थामा समेत रहेको घट्ना प्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै कमाउने र सिक्ने कार्यक्रम अन्तर्गत इजरायल पुगेका निहत्था नेपाली विद्यार्थीहरुमाथि हमास समूहको आक्रमण हुनु निन्दनीय भएको बताएको छ ।

आज असोज २२ गते एक विज्ञप्ति जारी गर्दै विशेष गरी रोजगारी र अध्ययनका शिलसिलामा इजरायलमा पुगेका र रहदै आएका नेपालीहरुमाथि पछिल्लो घट्नाक्रमबाट पर्न गएको भौतिक, मानसिक लगायत सबै खालका क्षति साथै अगाडिका दिनमा थप दुर्घट्ना हुन सक्ने परिस्थिति आम नेपालीका लागि चिन्ताको विषय भएको पार्टीले बताएको छ ।
पार्टी महासचिव टोप अस्लामीद्वारा इजरायल घट्ना सम्बन्धमा विज्ञप्ति जारी गरी उक्त कुरा व्यक्त गरिएको हो ।
विज्ञप्ति मार्फत इजरायलमा एकाएक उत्पन्न त्रासदीपूर्ण स्थितिबाट आफ्ना देशका नागरिकलाई सुरक्षा प्रदान गर्ने वातावरण मिलाउन, मृतकहरुको शवलाई स्वदेशमा ल्याउने उचित प्रबन्ध गर्न, घाईतेहरुको शिघ्र र उचित उपचारको व्यवस्था मिलाउन, वेपत्ताहरुको अवस्था पत्ता लगाउन साथै जोखिमपूर्ण क्षेत्रमा जीवन रक्षाको कामना गर्दै संकटपूर्ण अवस्थामा रहेका नेपालीहरुको तत्काल उद्दारको व्यवस्था मिलाउन एवं इजरायलमा उत्पन्न भयावह परिस्थितिको अन्त्य तत्काल हुने अवस्था नदेखिएको अवस्थामा स्वदेश फर्कन चाहने सबै नेपालीहरुलाई सकुशल स्वदेश फर्कने उचित व्यवस्था मिलाउन हामी सरकारसंग जोडदार माग गरिएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी इजरायलमा उत्पन्न त्रासदीपूर्ण घट्नाका कारण घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै उक्त विकराल परिस्थितिमा असीम धैर्यता कायम गर्न इजरायलमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक आव्हान समेत गर्दछ । त्यस अकल्पनीय घट्नाका कारण मृत्युवरण गर्न पुगेका सबै नेपालीहरुप्रति राष्ट्रिय जनमुक्ति पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सबै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ – “महासचिव अस्लामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।”

विज्ञप्तिको पूर्ण पाठ :

राष्ट्रिय जनमुक्ति पार्टी
Rastriya Janamukti Party
संघीय परिषद/Federal Council

इजरायलमा हालै उत्पन्न घट्नाका कारणबाट १० जना निहत्था नेपाली विद्यार्थीहरुको अनाहकमा मृत्यु भएको, कहियौं घाईते भएको, कतिपयले जीवन रक्षाको कामना गर्दै कष्टदायक अवस्थाबाट गुज्रेको साथै कतिपय सम्पर्क विहिन अवस्थामा समेत रहेको घट्ना प्रति राष्ट्रिय जनमुक्ति पार्टी गहिरो दुःख व्यक्त गर्दछ । कमाउने र सिक्ने कार्यक्रम अन्तर्गत इजरायल पुगेका निहत्था नेपाली विद्यार्थीहरुमाथि हमास समूहको आक्रमण निन्दनीय छ ।
विशेष गरी रोजगारी र अध्ययनका शिलसिलामा इजरायलमा पुगेका र रहदै आएका नेपालीहरुमाथि पछिल्लो घट्नाक्रमबाट पर्न गएको भौतिक, मानसिक लगायत सबै खालका क्षति साथै अगाडिका दिनमा थप दुर्घट्ना हुन सक्ने परिस्थिति आम नेपालीका लागि चिन्ताको विषय हो ।
इजरायलमा एकाएक उत्पन्न त्रासदीपूर्ण स्थितिबाट आÇना देशका नागरिकलाई सुरक्षा प्रदान गर्ने वातावरण मिलाउन, मृतकहरुको शवलाई स्वदेशमा ल्याउने उचित प्रबन्ध गर्न, घाईतेहरुको शिघ्र र उचित उपचारको व्यवस्था मिलाउन, वेपत्ताहरुको अवस्था पत्ता लगाउन साथै जोखिमपूर्ण क्षेत्रमा जीवन रक्षाको कामना गर्दै संकटपूर्ण अवस्थामा रहेका नेपालीहरुको तत्काल उद्दारको व्यवस्था मिलाउन एवं इजरायलमा उत्पन्न भयावह परिस्थितिको अन्त्य तत्काल हुने अवस्था नदेखिएको अवस्थामा स्वदेश फर्कन चाहने सबै नेपालीहरुलाई सकुशल स्वदेश फर्कने उचित व्यवस्था मिलाउन हामी सरकारसंग जोडदार माग गर्दछौं ।
राष्ट्रिय जनमुक्ति पार्टी इजरायलमा उत्पन्न त्रासदीपूर्ण घट्नाका कारण घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै उक्त विकराल परिस्थितिमा असीम धैर्यता कायम गर्न इजरायलमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक आव्हान समेत गर्दछ । त्यस अकल्पनीय घट्नाका कारण मृत्युवरण गर्न पुगेका सबै नेपालीहरुप्रति राष्ट्रिय जनमुक्ति पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सबै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

टोप अस्लामी
महासचिव