पार्टीको “शुद्धीकरण-सुदृढीकरण अभियान” असोज ५ देखि शुरू

0
633

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी “शुद्धीकरण-सुदृढीकरण अभियान (असोज – माघ) २०८०” को यही असोज ५ गते उद्घाटन गरिएको हो । पार्टीको “शुद्धीकरण-सुदृढीकरण अभियान (असोज – माघ) २०८०” लाई पार्टी उपाध्यक्ष काजीमान आत्रेयले बत्ती बालेर उद्घाटन गर्नु भयो । त्यसका साथै अर्का उपाध्यक्ष बलदीप राई ज्यूले सहजीकरण गर्नुभयो । ५ ओटा मैन बत्ती बालेर अभियानको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथिको रुपमा उद्घाटन मन्तव्य दिँदै उपाध्यक्ष काजीमान आत्रेयले पार्टीको संगठन विभागबाट प्रस्तुत ५ महिने अभियानको मार्गचित्र उत्साहजनक भएको बताउनु भयो । उहाँले यो मार्गचित्र अनुसार पार्टीले काम गर्न सकेमा राष्ट्रिय जनमुक्ति पार्टी एउटा उचाईमा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो – “पार्टी शुद्धीकरण-सुदृढीकण” को यो मार्गचित्रले अब पार्टीलाई बलशाली बनाउनेछ । तर सबै नेता कार्यकर्ताहरूले इमान्दार भएर, जागर गरेर काम गर्नै पर्छ ।”

आफ्नो तर्फबाट यस अभियानलाई तन, मन, धनले सक्दो उत्साह प्रदान गर्ने उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि एवं उपाध्यक्ष काजीमान आत्रेयको प्रतिबद्धता रहेको छ ।
“शुद्धीकरण-सुदृढीकरण अभियान (असोज – माघ) २०८०” अभियानको लागि विभिन्न कार्यक्रम सहितको ५ महिने लामो अभियानमा पार्टीले गर्ने कामको समग्र मार्गचित्र वा अभियानको विस्तृत खाका केन्द्रीय संगठन विभाग प्रमुख पार्टी महासचिव टोप अस्लामीले प्रस्तुत गर्नु भयो ।

पार्टीका केन्द्रीय कोषाध्यक्ष एवम् उपत्यका इन्चार्ज मान ब. राई, सिएमसी प्रमुख डब गर्बुजा पुन, सहकोषाध्यक्ष डिके सूर्यवंशी, सचिव पूर्ण ब. राना, केन्द्रीय सदस्य जग्दिश्मान राजभण्डारी लगायतका नेताहरुले राष्ट्रिय जनमुक्ति पार्टीद्वारा उद्घोष गरिएको ५ महिना लामो (असाेज – माघ) अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबै लाग्नु पर्नेमा एकमत जाहेर गर्दै प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको दौरानमा राजधानी उपत्यका बाहिर रहनु भएका पार्टी अध्यक्ष केपी पालुङ्वा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले आ-आफ्नो कार्यक्षेत्रबाट यस उद्घाटन कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
केन्द्रीय सचिवालय सदस्य राम ब. अस्लामी मगरले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सदस्य अधिवक्ता जुजुकाजी महर्जनको स्वागत साथै पार्टी महासचिव एवम् केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामीको अध्यक्षता रहेको थियो ।

पार्टीको “शुद्धीकरण – सुदृढीकरण अभियान (असोज – माघ) २०८०” को उद्घाटन कार्यक्रम केन्द्रीय सचिवालयको व्यवस्थापनमा सम्पन्न भएको छ । अभियान यही मिति २०८० असोज ११ गतेबाट प्रदेश १ बाट प्रदेश स्तरीय कार्यक्रम गरी असोज २० गते सम्ममा प्रदेश स्तरीय रूपमै सम्पन्न हुनेछ । त्यसपछि क्रमशः विभिन्न कार्यक्रमहरु स्थानीय तह सम्म सम्पन्न गरी माघ महिनामा “शुद्धीकरण – सुदृढीकरण अभियान (असोज – माघ) २०८०” पहिलो चरणमा सम्पन्न हुनेछ ।
अभियान उदघाटनका लागि प्रत्येक्ष परोक्ष रूपमा हातेमालो गर्नुहुने सबै नेता कार्यकर्ता, शुभचिन्तक ज्यूहरु साथै केन्द्रीय सचिवालयलाई केन्द्रीय संगठन विभागको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
पार्टीको “शुद्धीकरण-सुदृढीकरण अभियान (असोज – माघ) २०८०” सन्दर्भमा एक अन्तरपार्टी निर्देशन पनि जारी गरिएको छ । महासचिव एवं टोप अस्लामीले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तक समेतलाई आव्हान गर्दै निम्नानुसारको आव्हान संगठन विभागको तर्फबाट जारी गर्नु भएको छ ।

“पार्टीको “शुद्धीकरण – सुदृढीकरण अभियान (असोज – माघ) २०८०” सक्रियताका साथ सम्पन्न गरौं ।,
पार्टीलाई बलशाली बनाउँदै अगाडि बढ्न सबै नेता कार्यकर्ताहरु प्रतिबद्ध भएर शसक्त रुपमा एकताबद्ध हौं ।”

थप कार्यक्रमहरु सम्पन्न
यसै बीच “संविधान २०७२; पुनर्लेखनको औचित्य र आवश्यक्ता” विषयमा रुपन्देहीको बुटवलमा कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । देशमा राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासको सुनिश्चतताको लागि संविधान २०७२ र राष्ट्रिय हित एवम् चासोसँग सम्बन्धित विषयहरू (२०७५ असोज २ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको ३९ बुँदा समेत) समेटी “संविधान पुनर्लेखनको आवश्यकता र औचित्य” विषयमा मिति २०८० असोज ३ गते संविधान दिवसका दिन देशव्यापी बहस कार्यक्रमहरु भए । पार्टीको रुपन्देही जिल्ला समितिको आयोजनामा “असोज ३, खबरदारीको दिन” भन्ने उदघोषका साथ अगाडिका वर्षहरुमा जस्तै उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

काठमाडौंमा “जनमुक्ति एकाडेमी”को आयोजनामा उक्त कार्यक्रम “पत्रकारहरुसँग सम्वाद” गरी सम्पन्न गरिएको हो । देशको केन्द्र भाग (संघीय राजधानी काठमाडौं) मा कार्यक्रम सम्पन्न गर्न केन्द्रीय सचिवालयको व्यवस्थापन रहेको थियो । “पत्रकारहरुसंग सम्वाद” कार्यक्रममा पार्टी महासचिव एवं जनमुक्ति एकाडेमीका प्रमुख टोप अस्लामीले “संविधान पुनर्लेखनको औचित्य र आवश्यक्ता” विषयमा पार्टीको धारणा राख्नु भएको थियो ।

कार्यक्रम आयोजक जनमुक्ति एकाडेमीको पाहुनाको रुपमा उपस्थित राजधानीमा उपलब्ध पार्टीका उपाध्यक्ष बलदीप राई, सहकोषाध्यक्ष डिके सूर्यवंशी, केन्द्रीय सचिवालय सदस्य राम ब. अस्लामी मगर, प्रदेश सदस्य ओम बिके जी साथै कार्यक्रममा चासोका साथ उपस्थित पत्रकारहरु र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा उद्घोष गरिएको “असोज ३, खबरदारीको दिन” अन्तर्गत देशका विभिन्न ठाउँमा आयोजित “संविधान पुनर्लेखनको आवश्यकता र औचित्य” विषयक कार्यक्रमको आयोजकको रूपमा साथै व्यवस्थापकको रूपमा भूमिका निभाएका पार्टीका निकायहरु, कार्यक्रममा सम्बोधन गर्नु भएका पार्टीका नेताज्यूहरु, सहभागी सबैमा “जनमुक्ति एकाडेमी”को तर्फबाट सादर आभार एवम् हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
जनताको लामो त्याग, तपस्या र बलिदानबाट “प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि एकबद्ध भई संघर्ष” गर्नु अबको राष्ट्रिय कार्यभार हो – “देशको मूल कानून (संविधान) लाई राष्ट्रिय एकताको दस्तावेजको रुपमा निर्माण गर्न आवश्यक छ, राष्ट्रिय जनमुक्ति पार्टीले भन्दै आएको छ ।”

राजधानी काठमाडौंमा भएको कार्यक्रमको YouTube अभिलेखीकरण :