उद्दार र राहत कार्यका लागि जनमुक्तिको निर्देशन ।

0
1179

केही दिन देखि भई रहेको अविरल वर्षाले तराईका धेरै ठाँउमा डुबान भएर र पहाडी भेकमा बाढी पहिरोको कारणले जनधनको क्षतिप्रति राष्ट्रिय जनमुक्ति पार्टी दुःख व्यक्त गर्दछौं । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ, साथै मृतकका आफन्तजन तथा बाढी पहिरोबाट पीडित जनताहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । बाढी पहिरोबाट पीडित जनसमुदायलाई छिटोभदा छिटो उद्दार तथा राहत उपलब्ध गराउन संघीय, प्रदेश र स्थानीय सरकारको तत्काल पहल होस भनि राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ ।

बाढी पहिरोबाट पीडित जनसमुदायलाई छिटो भन्दा छिटो उद्दार तथा राहत कार्यका लागि आ—आफ्नो स्थानबाट पार्टी संघीय परिषद, राज्य परिषद, जिल्ला, महानगर, नगरपालिका, गाँउपालिका समिति परिचालित हुन समेत निर्देशन गरिएकोछ ।