भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रीय दिवस(डिसेम्बर ९) को अवसरमा जनमुक्ति द्वारा मार्चपास तथा हस्ताक्षर...

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रीय दिवस(डिसेम्बर ९) को अवसरमा जनमुक्ति द्वारा मार्चपास तथा हस्ताक्षर संकलन।

247
0
SHARE

-भ्रष्टचार बिरुद्धको अभियान अब सशक्त रूपमा अघि बढाइने!

६ वर्ष अघि(२०७६/जेठ १५) देखि राष्ट्रिय जनमुक्ति पार्टी द्वारा प्रारम्भ गरिएको भ्रस्टाचार विरुद्ध राष्ट्रिय अभियानलाई यस वर्षको भ्रष्टचार विरुद्ध अन्तर्राष्ट्रीय दिवस (डिसेम्बर ९) को अवसर देखि पुनः सुचारु गरिएको छ। पार्टीले सञ्चालन गर्दै आएको यो अभियान अन्तर्गत ४७जिल्ला मा सञ्चालन गरि एक लाख ७ हजार हस्ताक्षर समेत सङ्कलन एवं जन-अन्तरक्रिया समेत सम्पन्न गरिसकिएको छ। अब बाँकी जिल्लाहरुमा सङ्कलन लगत्तै सबै हस्ताक्षर सहित शुसिला कार्की नेतृत्वको सरकारलाई ज्ञापन-पत्र बुझाउने पार्टीको तयारी रहेकाे पार्टी प्रवक्ता चेत बहादुर आलेले जानकारी गराउनु भएको छ।

भ्रष्टचार विरुद्धको अन्तर्राट्रिय महासन्धि संयूक्त राष्ट्र संघद्वारा सन् २००३ मा पारित गरेको हाे भने उक्त महासन्धिलाई नेपालले सन् २०११मा मात्र अनुमोदन गरेको हाे। महासन्धि अनुमोदक राष्ट्र भएतापनि नेपालले भ्रस्टाचार विरुद्ध कूनै प्रभावकारी कदम चाल्न सकेको छैन। भ्रष्टाचार विरुद्ध अन्तरार्ष्ट्रिय दिवसमा समेत सरकारले कुनै बिशेष कार्यक्रम गर्ने वा भ्रष्टचार विरुद्ध कूनै कार्य योजना घोषणा गर्ने काम गरेको पनि देखिदैन। राजनीतिक दलहरू सयौं भएता पनि राष्ट्रिय जनमुक्ति पार्टीले बाहेक अरु दलहरूले डिसेम्बर ९ मा कुनै कार्यक्रम गरेको यसपटक पनि देखिएन।

तर ६बर्ष अघि, गणतन्त्र दिवस (२०७६/जेठ १५) को दिन भैरहवा शहरमा भ्रस्टाचार बिरुद्ध मार्चपास एवम् हस्ताक्षर सङ्कलन अभियान प्रारम्भ गरेको राष्ट्रिय जनमुक्ति पार्टीले अभियानको रुपमा सञ्चालन गरिएको ‘ भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियान “को स्वामित्व लिँदै अब उक्त अभियान लाई संस्थागत रूप दिने र देशव्यापी सञ्जालको रूपमा विकास गर्दै पालिका तहसम्म त्यस्को संरचना पुरयाउने योजना समेत बनाएको छ। यसको घोषणा मंसीर २३(डिसेम्बर ९) का दिने रूपन्देहीको बुटवलमा मार्चपास पछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष केशव सूर्यवंशीले घोषणा गर्नु भएको हाे। अब सञ्जालको रूपमा देशव्यापी वनाउन लागिएको भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको संयोजक समेत रहनु भएका पार्टी अध्यक्ष सूर्यवंशीले प्रारम्भिक चरणमा पार्टीका नौ हजार कोर मेम्बर हरु अभियानको सञ्जालमा आबद्ध रहेर अभियानलाई सशक्त रूपमा अघि बढाइनेछ।

राष्ट्रिय जनमुक्ति पार्टीले रूपन्देही, काठमाण्डौ, कपिलवस्तु लगायतका शहरहरुमा भ्रष्टचार विरुद्ध अन्तर्राष्ट्रीय दिवस मनाएको थियो। -(न्यूज ब्युरो)