बर्ष २०८०/०८१को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक।

बर्ष २०८०/०८१को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक।

92
0
SHARE

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको बर्ष २०८०/०८१को लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाउनुका साथै सार्वजनिक समेत गरिएको छ। चैत्र २७गते पार्टी कार्यवाहक कोषाध्यक्ष तथा केन्द्रिय अर्थ विभाग प्रमुख धनकेशर सूर्यवंशीकाे नेतृत्वमा गएको टोलीले आयोगमा प्रतिवेदन बुझाउनुका साथै पार्टीको आधिकारिक वेबसाईट www. janamukti. org मार्फत सार्वजनिक गरिएको हो। सामान्यतः निर्वाचन आयोगमा दर्ता कायम रहेको राजनीतिक दलले आर्थिक वर्ष सकिएको ६ महिना भित्र आफनो लेखा परीक्षण प्रतिवेदन पेश गर्ने र सार्वजनिक गर्नु पर्ने व्यवस्था रहेको छ। पार्टीले केही ढिलो बुझाउनुको कारण चाहिं आयोगमा पार्टीको आन्तरिक विवाद सम्बन्धी मुद्धा रहेको र त्यसको निर्णय आएपछि बुझाउने तयारी रहेको तर आयोग द्वारा प्रतिबेदन माग गरि पत्राचार भएकाे हुँदा बुझाइएको का. वा. कोषाध्यक्ष तथा अर्थ विभाग प्रमुख धनकेशर सूर्यवंशीले बताउनु भएकाे छ। आयोगलाई पनि यसबारेमा समेत लिखित जानकारी दिईएको उहाँले बताउनु भएको छ। ” पार्टीको आर्थिक लेखापरीक्षण प्रतिबेदन भाद्र ५ गते नै तयार भई सकेको हो। तर पार्टीको बिधान र संघीय परिषदको नामावली हेरफेर गरि आयोगमा गराईएको अध्यावधिक विवरण आधिकारिक एवं बैधानिक नरहेको भनि भाद्र २ गते निर्वाचन आयोगमा मुद्धा दर्ता गरिएको र त्यसको निर्णय आएपछि प्रतिबेदन बुझाउने अर्थ विभागको तयारी थियो। हामीले लापरवाही गरेर ढिलो भएको होइन। यस विषयमा आयोगमा लिखित प्रष्टीकरण पनि हामीले बुझाएका छौं” उहाँले भन्नु भयो।