राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस आज देशैभर मनाईएको छ । ३०औं स्थापना दिवसको उपलक्ष्यमा पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङवाले एक शुभकामना सन्देश दिनु भएको छ । उहाँले सन्देशमा भन्नु भएको छ :– “राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस (माघ ६, २०७७ तदानुसार १९ जनवरी २०२१) को उपलक्ष्यमा पार्टीका संस्थापक नेता, संघीय परिषदका सम्पूर्ण पदाधिकारी र सदस्यज्यूहरु, प्रदेश–जिल्ला–गाउँ/नगरका पदाधिकारी तथा सदस्यज्यूहरु, प्रवासमा जनमुक्ति मञ्चका साथीहरु, देश विदेशमा रहनु हुने पार्टी कार्यकर्ता तथा शुभचिन्तक मित्रहरु, समस्त देशप्रेमी/न्यायप्रेमी महानुभावहरुमा संघीय परिषदको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौं ।

जनताबाट झण्डै २/३ बहुमत प्राप्त दलले शासन गर्ने अवसर प्राप्त गरेको भएता पनि बहुमत प्राप्त र जिम्मेवारी पाएकाहरुबाट नै अकर्मन्यता बढाउँदै एकाएक प्रतिगामी राजनीतिक कदम चालिएको छ । यसले गर्दा जनबलमा प्राप्त उपलब्धी नै गुम्ने हो कि भन्ने खतरा बढ्दो छ ।

नेपालको विविधताको व्यवस्थापन लोकतन्त्रमा मात्र सम्भव हुन्छ तर लोकतन्त्रलाई “भाँडतन्त्र”मा कायम राख्ने अभीष्टहरु नयाँ नयाँ आवरणमा चलखेल गरीरहेको सन्दर्भमा नेपाल र नेपालीको हित र समवृद्धि चाहने सबै सच्चा परिवर्तनका पक्षधरहरु एक हुनुको विकल्प छैन । यस तर्फ सबैको ध्यान जाओस् भन्ने हाम्रो शुभेच्छा छ ।

अबको विकल्प “जनमुक्ति विचारधारा” र यसलाई मार्गदर्शक सिद्धान्त मान्ने राजनीतिक शक्ति नै हो । हामीले मूलुक र जनताका लागि लामो कालखण्ड (३० वर्ष) को समयाव -धीमा हाम्रा अथक र निरन्तर प्रयास जारी राख्दै आउँदा विभिन्न उतारचढावहरुलाई इमान्दारिताका साथ सम्हाल्दै आएका छौं । तथापि विद्यमान कमीकमजोरीलाई हामीले आत्मसाथ गर्न कञ्जुसाईं गरेका छैनौं । देश र जनताको उज्जवल भविष्यको लागि सच्चिएर झनै बलशाली रुपमा अगाडि बढ्न प्रेरणा मिलोस् । राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवसको मंगलमय शुभकामना । जय जनमुक्ति ।”

 ३०औं स्थापना दिवस
३०औं स्थापना दिवस

यसैबीच काठमाडौंमा आयोजित भेटभाट तथा चियापान कार्यक्रममा पार्टीका स्थापक नेता, पार्टी संरक्षक एवं पूर्व श्रम तथा यातायात मन्त्री एम.एस.थापाले प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्नु भयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै उत्तरी छिमेकीले हालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई पार्टीको अध्यक्ष वा प्रधानमन्त्री पद मध्ये एक छोडेर नेकपा (नेकपा) लाई एक ढिक्का बनाउन गरेको सुझावलाई पन्छाई प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम चालेको बताउनु भयो । उहाँले देश एमसीसी र बीआरआई प्रोजेक्टको मारमा परेकोले प्रतिनिधि सभा विघटन गरिएपछि सोको स्थापनाका लागि सर्वोच्चमा दाखिला गरिएको फैसला पनि सोही बमोजिम आउने बताउनु भएको छ। हालको विश्व कसैगरी पनि अछुतो रहन नसक्ने कुरा स्मरण गराउँदै संरक्षक थापाले भन्नु भयो ।

३०औं स्थापना दिवस
३०औं स्थापना दिवस

हाम्रा सम्बन्ध राष्ट्रियतालाई केन्द्रमा राखेर मात्र अगाडि बढाउन जरुरी छ । पार्टीलाई सत्तामा पु¥याउनका लागि कुनै न कुनै शक्तिसंग कार्यगत एकता गरेर पार्टी अगाडि बढ्नु पर्ने उहाँको सुझाव छ । यस्तैगरी वरिष्ठ नेता डिके बुद्धिष्ट (देव कुमार लामा) तामाङ्गले पार्टीले अहिंसात्मक तरिकाले आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउन जरुरी भएको बताउनु भएको छ । अब निर्माणवादी सोंचबाट ओतप्रोत भई लाखौं कृयाशिल सदस्यहरु राष्ट्रिय जनमुक्ति पार्टीले जन्माउनु पर्ने उहाँको सुझाव छ । संघीय महासभा सदस्य क्या.देउ बहादुर राना, पार्टीका पूर्व संगठन विभाग प्रमुख डुप वाङगेल तामाङग लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 ३०औं स्थापना दिवस
३०औं स्थापना दिवस

भेटघाट तथा चियापान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीले स्वागत गर्नु भयो । कार्यक्रम पार्टी अध्यक्ष एवं ३०औं स्थापना दिवस समारोह समितिका संयोजक खड्ग प्रसाद पालुङवाको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टी सचिव गंगा खासुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । प्रदेश ३ (वागमती) परिचालन समितिको व्यवस्थापन र संघीय परिषदको आयोजनामाभेटघाट तथा चियापान कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नुहुने महानुभावहरुलाई अध्यक्ष खड्ग प्रसाद पालुङवाले खादा ओढाई स्वागत र सम्मान
गर्नु भएको थियो ।

संघीय परिषदको तर्फबाट काठमाडौंमा पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङवाको संयोजकत्वमा र प्रदेश २ मा महासचिव केशव सूर्यवंशीको संयोजकत्वमा महोत्तरीको बर्दीवासमा ३०औं स्थापना दिवस मनाईएको थियो । बर्दीवासमा पार्टी उपाध्यक्ष हाजी डा.मोहम्मद हसन, सचिव एवं संगठन विभाग उपप्रमुख रुक बहादुर पुन (केबी) को समेत उपस्थिति रहेको थियो । यसै बीच देशका विभिन्न प्रदेश, जिल्लाहरुमा पार्टीको ३०औं स्थापना दिवस विभिन्न कार्यक्रम (पत्रकार सम्मेलन, रक्तदान आदि) हरु गरी मनाईएको छ ।

 ३०औं स्थापना दिवस रुपन्देहीमा
३०औं स्थापना दिवस रुपन्देहीमा

पार्टीको ३० वर्षे गौरवमय इतिहास मूल रुपमा मूलुकको राजनीतिमा इमान्दारितालाई स्थापित गर्न, विविधताको उचित राजनीतिक विचारको माध्यमबाट सही व्यवस्थापन गर्न साथै देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नका लागि निरन्तर रुपमा समर्पित रहेको विश्लेषण गरिएको छ । यसैबीच पार्टीले ३० वर्षको संक्षिप्त समीक्षाको विवरण प्रकाशन गरी कार्यकर्ता र जनताको हातहातमा पुरयाएको छ ।

 ३०औं स्थापना दिवस
३०औं स्थापना दिवस

 ३०औं स्थापना दिवस झापा
३०औं स्थापना दिवस झापा