पहिलो बैठकले गरेका निर्णयहरु पत्रकारहरुमाझ जानकारी गराउन र आम जनतामा सार्वजनिक गर्न तयार गरिएको प्रेष विज्ञप्ति

0
1943

पहिलो बैठकले गरेका निर्णयहरु पत्रकारहरुमाझ जानकारी गराउन र आम जनतामा सार्वजनिक गर्न तयार गरिएको प्रेष विज्ञप्ति

मिति ः २०७३ असोज १७ गते ।

 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिष (केन्द्रीय समिति) को पहिलो बैठक पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङ्गवाको अध्यक्षतामा यही मिति २०७३ साउन १४ देखि शुरु भई आज १७ गते सम्म १० बजे सम्पन्न भयो । उक्त बैठकका मुख्य निर्णयहरु यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छौं ।

  • सरकार र संविधान बारे ः

हाल प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारको विघटनलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । मूलुकको वर्तमान परिस्थितिको सम्बोधन र समाधानका लागि मार्ग प्रशस्त गर्न अब बन्ने सरकार राष्ट्रिय सरकारको स्वरुपमा निर्माण हुनुपर्दछ । सबै नेपालीहरुले स्वामित्व ग्रहण गर्ने गरी संविधानको पुनर्लेखन वा नयाँ संविधान–२०७२ मा आधारभूत संशोधन हुनु पर्दछ ।

२) राष्ट्रिय समस्या, संविधान र निकास बारे ः

यस सम्बन्धमा प्रादेशिक तहमा (पहिलो चरण) सर्वपक्षीय अन्तरकृयात्मक छलफल, गोष्ठी भदौ महिना भरीमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

 

३) प्राकृतिक विपत्ति र मानवीय राहत सम्बन्धमा ः

हालै आएको प्राकृतिक विपत्ति (भारी वर्षाका कारण डुबान र बाढी पहिरो) बाट हुन गएको धनजनको व्यापक क्षति प्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दछ । सो विपत्तिबाट घाईते, वेघरबार भएकाहरुलाई सरकारबाट अविलम्ब उचित राहत प्रदान गर्न पार्टी जोडदार माग गर्दछ । साथै पीडितहरुलाई पार्टीको तर्फबाट यथासक्य राहत उपलब्ध÷प्रदान गर्न गराउन राज्य परिषदको नेतृत्व रहने गरी पार्टीले पहल गर्ने निर्णय भएको छ ।

बाढी पहिरो र डुबानबाट पीडितलाई अविलम्ब राहत वितरण गर्ने सम्बन्धमा सरकारी ढिलासुस्ती र गैरजिम्मेवारीपनाको पार्टीले भ्रत्सर्ना गरेको छ । पार्टीले प्राकृतिक विपत्ति तथा मानविय सहायता कोषको स्थापना गर्ने छ । तत्काल पार्टीको राज्यपरिषदहरु मार्फत राहत÷उद्धार कार्य अगाडी बढाउने निर्णय गरिएको  छ ।

 

४. पार्टी र संघीय गठबन्धन सम्बन्धमा ः

पार्टी सम्मिलित संघीय गठबन्धन (२९ दलिय गठबन्धन) ले कृयाकलाप हाल सम्म सन्तोषजनक रहेको बैठकको निष्कर्ष रहेको छ । संघीय गठबन्धनले संविधान–२०७२ मा पुनर्लेखन वा आधारभूत संशोधनको शर्तलाई अनिवार्य रुपमा मुख्य प्रस्ताव बनाएर अगाडि बढ्नु पर्ने निर्णय गरियो ।

 

५. जनमुक्ति अध्ययन प्रतिष्ठान (Janamukti Academy_ को गठन ः

मूलतः पार्टीको विचारधारालाई संस्थागत गर्ने, अन्तर्राष्ट्रियकरण गर्ने, पार्टी नेता–कार्यकताहरुलाई  वैचारिक रुपमा परिस्कृत र दक्ष बनाउने लगायतका वैचारिक, बौद्धिक जिम्मेवारी निर्वाहका लागि स्वायत्त स्वरुपको “जनमुक्ति अध्ययन प्रतिष्ठान” (Janamukti Academy) निर्माण गरिएको छ । यस प्रतिष्ठनको मुख्य जिम्मेवारी केशव सूर्यवंशी (महासचिव) लाई दिईएको छ ।

 

६. विभागहरुको गठन र जिम्मेवारी ः

पार्टी विविध जिम्मेवारीहरुलाई चुस्त दुरुस्त बनाउनका लागि निम्नानुसारका विभागहरुको गठन गर्ने निर्णयहरु गर्दै जिम्मेवारीहरु समेत तोकिएको छ ।

क_ डि.के.बुद्धिष्ट (वरिष्ठ नेता) ः परराष्ट्र विभाग प्रमुख

टोप अस्लामी (उपहासचिव) ः परराष्ट्र विभाग उपप्रमुख

ख) केशव सूर्यवंशी (महासचिव) ः युवा, विद्यार्थी र बुद्धिजीवि विभाग प्रमुख

ग) मानध्वज ब्लोन (सहअध्यक्ष) ः अन्तरपार्टी सम्पर्क विभाग प्रमुख

टिकाराम शर्मा (उपाध्यक्ष)  ः अन्तरपार्टी सम्पर्क विभाग उपप्रमुख

घ) बुद्धश्री लामा (सहअध्यक्ष ) ः महिला विभागा प्रमुख

ङ) मोहन धिमाल (उपाध्यक्ष) ः प्रशिक्षण विभाग प्रमुख

च) टोप अस्लामी (उपहासचिव) ः सञ्चार विभाग प्रमुख

छ) रामु परियार (उपमहासचिव) ः संगठन विभाग प्रमुख

ज) डब बहादुर गर्वुजा (कोषाध्यक्ष) ः आर्थिक विभाग प्रमुख

झ) के.बी. पुन (संघीय परिषद सदस्य) ः संगठन विभाग उपप्रमुख

ञ) बोम दर्लामी (संघीय परिषद सदस्य) ः संगठन विभाग सदस्य सचिव

ट) दल बहादुर वीरकट्टा (संघीय परिषद सदस्य) ः जातीय समन्वय विभाग प्रमुख

ठ) हरिदेव थापा (संघीय परिषद सदस्य) ः आयआर्जन तथा स्वरोजगार विभाग प्रमुख

ड) सूर्य कुमार सारु (संघीय परिषद सदस्य) ः यातायात विभाग प्रमुख

ढ) चेत बहादुर आले (संघीय परिषद सदस्य) ः कानुन तथा न्याय विभाग प्रमुख

ण) होमलाल पुन  (संघीय परिषद सदस्य) ः साँस्कृतिक विभाग प्रमुख

त) मुरलीधर मिश्र (संघीय परिषद सदस्य) ः कृषि विभाग प्रमुख

 

७. साँगठनिक अभियान  ः

पार्टीको संगठन निर्माण र सदृढीकरण अभियान आगामी भदौ महिना भरी (मिति २०७३ भदौ १ गते देखि मसान्त सम्म) सञ्चालन गर्ने निर्णय भएको छ । सो अभियान अन्तर्गत (क) सदस्यता अध्यावधी गर्नका लागि घरदैलो, (ख) जिल्ला तहमा अगुवा कार्यकर्ता प्रशिक्षण शिविर र (ग) संविधान पुनर्लेखन सम्बन्धी विभिन्न स्तरमा गोष्ठी सञ्चालन गर्ने निर्णय भएको ।

 

८. मनोनयन ः

संघीय परिषद (केन्द्रीय समिति) मा ३५ जना सदस्यहरु थप गरिएको छ । पार्टीको केन्द्रीय स्थायी संरचना संघीय महासभा (National Council) मा ५५ जना लाई मनोनयन गरिएको छ ।

 

 

टोप अस्लामी

-सञ्चार विभाग प्रमुख)