भ्रष्टाचार विरुद्ध हस्ताक्षर कार्यक्रमको झिल्को पोखरामा

0
1408
भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियानको एक झिल्को आज कास्कि जिल्लाको पोखरामा

“भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” कार्यक्रम देशव्यापी रुपमा चलिरहेकोछ । सो कार्यक्रम अन्तरगत पहिलो अभियान हस्ताक्षर रहेको छ । हस्ताक्षर अभियान देशव्यापी रुपमा चलिरहेको छ त्यस मध्येको एक झिल्को आज कास्कि जिल्लाको लखनचोकमा चलिरहेकोछ । सो कार्यक्रममा पार्टी उपाध्यक्ष एवं तमुवान मगरात ९गण्डकी ० प्रदेश इन्चार्ज हस्त बहादुर थापा, उपमहासचिव एवं विदेश विभाग उपप्रमुख टोप अस्लामी, सचिव एवं संगठन विभाग उपप्रमुख के.वी. पुनको समउपस्थितिमा कास्की जिल्लाको लखन चोकमा हस्ताक्षर कार्यक्रम निरन्तर जारी छ।

आज भन्दा २५ दिन अगाडि सात वटै प्रदेशवाट मूलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न, भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचार गर्नेलाई आजीवन जन्मकैदका साथै सम्पत्ति राष्ट्रियकरण गर्ने कानूनी व्यवस्था हुनुपर्छ, भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटोछरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहितको स्वायत्त विशेष अदालतको संवैधानिक व्यवस्था गर्न र पञ्चायती व्यवस्था देखि हाल सम्मका भ्रष्टाचार प्रकरणमा र उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छानवीन गर्न शक्तिशाली नागरिक छानवीन आयोग गठनको माग गर्दै अभियनको सुरुवाट गरेको थियो । आजको दिन सम्म आउदा देशको विभिन्न कुना कण्डराहरुमा जनतालाई जनजागरण गरिरहेकोछ ।