![1](https://janamukti.org/wp-content/uploads/2022/04/1.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/RJMP-Ghoshana-Patra-2079-Baishakh-29-1-1024x710.jpg)
राष्ट्रिय जनमुक्ति पार्टीले २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि देशका विभिन्न पालिकाहरुमा उम्मेद्वारी दिने काम व्यापक मात्रामा भएको जानकारी प्राप्त भईरहेको छ । आगामी स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय, काठमाडौंमा आज मिति २०७९ बैशाख १२ गतेका दिन एक कार्यक्रमको आयोजना गरी सो घोषणा पत्र सार्वजनिक गरिएको हो।
घोषणा पत्रलाई पार्टी अध्यक्ष एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खड्ग प्रसाद (केपी) पालुङ्वाका साथै महासचिव द्वय टोप अस्लामी र रामु परियार, उपमहासचिव चेत बहादुर आले, केन्द्रीय नेता डब गर्बुजाले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।
“सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार; स्थानीय तहमा जनउत्तरदायी विकास निर्माणको आधार” भनी पार्टीको मुख्य चुनावी नारा तय गरिएको छ । आज सार्वजनिक गरिएको घोषणा पत्र १८ बुँदे रहेको छ भने अन्य ६ ओटा बुँदाहरु राष्ट्रिय समस्या बारेमा आम जनतामा बृहत बहसका लागि भनी जनसमुदायमा आव्हान गरिएको छ ।
देशको अवस्था दयनीय अवस्थामा ल्याउने दोषी को हो त ? भन्ने बारेमा घरघरमा मन्थन गर्न र चुनाव चिन्ह “घर”मा मतादेश गर्नका लागि पार्टीले सम्पूर्ण सचेत नेपालीहरुमा आव्हान गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ का लागि राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय प्रकाशन विभागद्वारा प्रकाशित घोषणा पत्रलाई विस्तृत रुपमा अध्ययन गर्नका लागि अपलोड गरिएको पिडीएफ फाईल अध्ययन गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
![](https://janamukti.org/wp-content/uploads/2022/04/2.jpg)
फेसबुक लाईभ भिडियो हेर्न उपलब्ध निम्न लिंकमा क्लिक गर्नु हुन अनुरोध छ ।