राष्ट्रिय जनमुक्ति पार्टीले सबै धर्म र धर्मावलम्बीहरुको हक, अधिकारको रक्षा र सम्मान गर्ने

0
1363

केही दिन अगाडि बलदीप प्रभाश्वर चामलिङ नामको फेसबुक पेजको टाईमलाईन (वाल) मा हिन्दूहरुको पूजनीय देवी (दुर्गा) को बारेमा पोष्ट गरिएको धारणा आएकोमा सो धारणालाई राष्ट्रिय जनमुक्ति पार्टीले निज बलदीप प्रभाश्वर चामलिङको नितान्त व्यक्तिगत धारणा भएको भनी प्रेष विज्ञप्ति जारी गरेको छ । बलदीप प्रभाश्वर चामलिङ नामको फेसबुक पेजको टाईमलाईन (वाल) मा हिन्दूहरुको पूजनीय देवी (दुर्गा) को बारेमा केही दिन अगाडि पोष्ट गरिएको उल्लेखित धारणा अशोभनीय र खेदजनक भएको र यस सम्बन्धमा राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय संगठन विभागको गम्भीर ध्यानाकर्षण भएको पार्टीका महासचिव एवं केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पार्टी संगठन विभागको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ – “कुनै पनि जाति, धर्म–संस्कृति र आस्था प्रति राष्ट्रिय जनमुक्ति पार्टी संवेदनशिल छ र उचित सम्मान समेत प्रकट गर्दछ ।” संगठन विभागको तर्फबाट जारी गरिएको विज्ञप्ति मार्फत महासचिव अस्लामीले धर्म निरपेक्षताको नीति अन्तर्गत सबै धर्म र धर्मावलम्बीहरुको हक, अधिकारको रक्षा र सम्मान गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका कुनै पनि नेता, कार्यकर्ताबाट कोही कसैको आस्था प्रति अशोभनीय टिप्पणी वा अभिव्यक्ति दिने काम नगर्न गम्भीर रुपमा सचेत गराईएको जानकारी गराउनु भएको छ ।
स्मरण रहोस् राष्ट्रिय जनमुक्ति पार्टीले स्थापना कालदेखि नै नेपालमा सबै खाले एकाधिकारको अन्त्य हुनु पर्ने, सबै नेपालीहरुको समान रुपमा आत्म सम्मान सहितको अधिकार र सम्वृद्धिका बारे वकालत गर्दै आईरहेको छ । “जनमुक्ति विचारधारा”लाई मार्गदर्शन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले विविधता सहितको विशिष्टता भएको मूलुकमा “बहुजातीय लोकतान्त्रिक समाजवाद”को स्थापना गर्ने लक्ष्य निर्धारण गरी लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै लामो समयदेखि संघर्षरत रही आएको छ ।

प्रेष विज्ञप्तिको पूर्ण पाठ :