राष्ट्रिय जनमुक्ति पार्टीको प्रादेशिक तहमा भेला तथा प्रशिक्षण सम्पन्न भएका छन् ।
भाद्र १७ गते थरुहट प्रदेश बाँकेको कोहलपुरवाट सुरु भएको प्रादेशिक स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम असोज ८ मा मिथिला/भोजपुरा–मधेशको भेला महोत्तरीमा भएपछि समापन हुनेछ ।
भाद्र १७ गते बाँकेको कोहलपुरमा थरुहट राज्य परिषदको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको थियो । पार्टी महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यमा सम्पन्न भेला/प्रशिक्षणमा उपाध्यक्ष रविन्द्र उच्च नेपाली, टीकाराम शर्मा, संघीय परिषद सदस्यहरु धनसिंह राना, सोनु गुरुङ्गले पनि प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम संघीय परिषद सदस्य तथा संघीय संगठन विभाग उपप्रमुख के.वि. पुनको अध्यक्षतामा सम्पन्न भएको थियो सो अवसरामा जिल्ला अध्यक्षहरुको साथै संघीय महासभा सदस्य भोज बहादुर थापा, प्रस्तावित संघीय परिषद सदस्य मंगल सिं थारु, अनुगमन तथा मुल्याङकन समितिका सदस्य मदन थापाले पनि सुझाव तथा राख्नु भएको थियो ।

14238188_1600448173588999_7768618662297960349_n भाद्र २२ गते मगरात राज्य परिषद अन्तर्गतको दक्षिण पश्चिम भेगिय जिल्लाहरुको भेला तथा प्रशिक्षण पाल्पाको तानसेनमा सम्पन्न भयो । मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्कीको अध्यक्षतामा सम्पन्न सो भेलाको मुख्य अतिथि तथा प्रशिक्षक महासचिव केशव सूर्यवंशी हुनु हुन्थ्यो भने उपमहासचिव टोप अस्लामी, उपाध्यक्ष तथा मगरात ईन्चार्ज हस्त बहादुर थापा, संघीय परिषद सदस्य तथा संघीय संगठन विभाग उपप्रमुख के.वि. पुन, सदस्य हुम थापाले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा संघीय महासभा अध्यक्ष मण्डलका सदस्य केहर सिंह राना, मगरात सचिव टक बहादुर गाहा, मगरात अन्तर्गतका जिल्ला अध्यक्षहरुले आफ्ना विचार र सुझावहरु राख्नु भएको थियो ।

14203359_1598142510486232_2734646618478118200_n भाद्र २३ गते कास्की जिल्लाको पोखरामा मगरात र तमुवानको संयूक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भयो । मगरातको उत्तरी भेगका जिल्ला र तमुवानका अगुवा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न सो भेलामा पार्टी सह–अध्यक्ष मानध्वज व्लोन, उपाध्यक्ष हस्त बहादुर थापा, संघीय परिषद सदस्य ओम बहादुर श्रीस, मन्धरी आले ले प्रशिक्षण दिनु भएको थियो ।

14117763_1596650037302146_7652429404157498389_n भाद्र २३ गते नै लुम्बिनी राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी राज्य परिषदका कार्यवाहक अध्यक्ष धनी आलेको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी, उपाध्यक्ष तथा लुम्बिनी राज्य परिषद ईन्चार्ज होमाया गुरुङ, उपमहासचिव तथा संगठन विभाग प्रमुख रामु परियार, संघीय परिषद सदस्य तथा संघीय कानुन तथा न्याय परामर्श विभाग प्रमुख चेत बहादुर आले ले प्रशिक्षण दिनु भएको थियो ।

13532956_1575783976055419_2195545613153519809_n भाद्र २५ गते तामाङसालिङ राज्य परिषदको भेला तथा प्रशिक्षण काभ्रेको वनेपामा सम्पन्न भयो । पार्टी उपाध्यक्ष तथा तामाङसालिङ राज्य परिषद ईन्चार्ज सोविन थिङको अध्यक्षतामा सम्पन्न सो भेलामा अध्यक्ष के.पी. पालुङवा, वरिष्ठ नेता डिके बुद्धिष्ट, सह–अध्यक्ष मानध्वज व्लोन, बुद्धश्री लामा, सचिव बलदीप राई र संघीय परिषद सदस्य हुम थापा, ईन्द्रमान थिङ, मधवराज गिरीले प्रशिक्षण दिनु भएको थियो ।

14102625_1597871273846689_4491052822915923810_n भाद्र ३० र ३१ गते तेह्रथुमको सदरमुकाम म्याङलुङमा लिम्बुवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । पार्टी मुल्याङकन तथा अनुगमन संयोजक राम बहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्य र अध्यक्ष के.पी. पालुङवाको विशेष आतिथ्यमा सम्पन्न भेलामा उपाध्यक्ष तथा लिम्बुवान ईन्चार्ज चन्द्र खापुङहाङ, उपमहासचिव तथा संघीय संगठन विभाग प्रमुख रामु परियार, उपप्रमुख के.वी.पुन लगायतले प्रशिक्षण दिनु भएको थियो । भेलामा जिल्ला अध्यक्ष सहितका सदस्यहरुले आ–आफ्ना विचार तथा सुझाव राख्नु भएको थियो ।

14445406_290475298002955_126365393_n असोज ५ गते नेवा राज्य परिषदको अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण धोविघाट, ललितपुरमा सम्पन्न भयो । सो भेलामा पार्टी सह–अध्यक्ष मानध्वज व्लोन, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, उपाध्यक्ष तथा नेवाः राज्य ईन्चार्ज बाबुकाजी महर्जन, उपमहासचिव तथा संघीय संगठन विभाग प्रमुख रामु परियार, संघीय संगठन विभाग उपप्रमुख के.वी.पुन, सदस्य तथा कानुन न्याय परामर्श विभाग प्रमुख चेत बहादु आले, सदस्य रविन तामाङसंघीय परिषद सदस्य तथा यूवा मोर्चा अध्यक्ष बोम दर्लामी ले प्रशिक्षण दिनु भएको थियो ।
प्रदेशिक तहमा सम्पन्न गरिएका अगुवा कार्यकर्ता भेलाहरुले सदस्यता विस्तार, संगठन सुदृद्धिकरण, जनपरिचालन, संविधान–२०७२ वारे पार्टीले चलाएको भण्डाफोर अभियान र भावि कार्यदिशामा प्रशिक्षण, अन्तरक्रिया गर्नुका साथै विगतका कार्यक्रमहरुको समिक्षा तथा भावि कार्ययोजनाहरु वारे समेत छलफल गरिएका थिए ।